welovenepal.com Nepali Time
Annapurna Area
सहिद

आजकल म सार्है दोधारमा परेकोछु
साच्चैकै शहिद छुट्याउने कोशीस गरेकोछु
देशको लागी मर्नेलाई पनि शहिद भनेकाछन
भिरबाट खस्नेलाई पनि शहिद भनेकाछन्
कुनैपनि पार्टिको सदस्यहुनेले शहिद बन्न पाएकाछन्
सदस्य नहुने पनि मरेपछि हानालुछिमा परेकाछन्
म आजकल बडो सोचाईमा परेकोछु
माथि गए पछि अमर सिंह थापा बलभद्र कुँवर लाई
के भनि सम्बोधन गरु दोधारमा परेकोछु
जेलभित्र गुन्डाहरु लडि मरे शहिद बने
डाँकाहरुलाई पुलिसको गोलीलागी मरे शहिद बने
कोहि बस गुल्टेर मरे कोहि झुन्डिएर मरे सबै शहिद बने
यो शहिद शब्द बनाउनेलाई सोध्न मन लाग्यो
यसको बास्तबिक अर्थ खोज्न मन लाग्यो
शब्द बनाउनेलाई सोध्न आफै शहिद हुन मन लागेन
यदि स्वर्गमा नेपालका शहिदहरुलाई एउटै कोठामा राखेको भए
कोठामा त के अट्थे एउटै गाउँमा राखेको भए
कसरि खोजी गरु म दशरथ चन्द र गंगालाल श्रेष्ठ लाई
कसरि भेटु म धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई……..

सुजन जोसी

प्रतिलिपि सर्वाधिकार रचनाकारमा सुरक्षित छ
© Sujan Joshi All rights reserved