welovenepal.com Nepali Time
Annapurna Area
रासरंगमा भुल्दैछ शहर

रासरंगमा भुल्दैछ शहर
मध्यरातका ती रहर
पीडा र बेदनाका आवाजहरु
निमोठिदै छन् ती कलिला मनहरु
कोहि गर्दैछन् व्यापार यहाँ भावनाको
कोहि मोलमोलाइ गर्दैछन् आफ्नै तिर्सनाको
अध्यारो रातमा आफू भित्रै आफुलाइ लुकाउदै
बेच्दैछन् आफैलाइ रोएको मन भुलाउदै
कसैको कर कसैको रहर
सबैको भोक मेटाउदैछ शहर
किन्नेको एक्लोपन, बेच्नेको बाध्यता पो हो की
सन्तानको भोक मेटाउने अन्तिम बाटो पो हो की
नशामा बहकिएका पाइला पो हुन् कि
क्षणिक सुखमा रुमल्लिएका नजर पो हुन् कि
पैसाको मात, पैसाको मोहमा भुलेका पो हुन् ?
कसैको मन कसैको तन
सबैको मोल तिर्दैछ शहर
रासरंगमा भुल्दैछ शहर
मनका कुरा बुझ्ने को, तिनका कुरा सुन्ने को
मायालु नजरले हेर्ने को, तिनका मायामा भुल्ने को
तनका आगो निभे पछि, तिनलाइ फर्कि हेर्ने को
खराब भए समाजका अघी, तिनलाइ खराब बनाउने को
रातका अध्यारोमा देख्नेहरु, दिनको उज्यालोमा चिन्ने को
पाइला पाइलामा नया काहानी कोर्दैछ शहर
रासरंगमा भुल्दैछ शहर
रासरंगमा भुलाउदैछ शहर

सुजन जोशी