welovenepal.com Nepali Time
Annapurna Area
अमेरिकी राष्ट्रपति ओबामा सुक्रवार कोरिया प्रस्थान गर्ने

टोकियो, वैशाख १२ – अमेरिकी राष्ट्रपति बाराक ओबामा एसिया भ्रमणका क्रममा बुधबार राजधानी टोकियो आईपुग्नु भएको छ। जापानका प्रधानमंन्त्री सिन्जो आवेले बुधवार उहाँको स्वागतमा टोकियोको गिन्जास्थित सुकियावासी जिरो नामक सुसी रेष्टुरेन्टमा रात्रीभोजको आयोजना गरेको थियो।

अमेरिकामा सात महिनाअघि बजेट पारित हुन नसकेर सरकारी कार्यालय आशिंक बन्द भएपछि ओबामाको यो पहिलो एसिया भ्रमण हो। एयर फोर्स वन नामक विशेष जहाजमा ओबामा औपचारिक भ्रमणमा जापान पुगेका राष्ट्रपति ओबाको सुरक्षामा जापानले १६ हजार बढी सुरक्षाकर्मी परिचालन गरेका छन।

यस्तै बिभिन्न स्थानहरुमा कडा चेकजाँच गरिदा टोकियोवासीको जनजिवन कष्टकार बनेको छ। उनी आज दक्षिण कोरिया प्रस्थान गर्दै छन। यस पटक राष्ट्रिय अतिथिको रुपमा जापान आएका राष्ट्रपति ओबामा अतिथि गृहमा बस्नको साटो टोकियोको ओकुरा होटलमा बस्नको कारणले पनि सुरक्ष चेकजाँचमा कढाई गरिएको हो।

बिहिवार राष्ट्रिय अतिथिको सम्मानमा जापानका सम्राटले बिषेश रात्रीभोजको आयोजना गरेको थियो। यस अघी जापान र अमिरिकाले संयुक्त प्रतिवेदन सर्वजानिक गरेका छन। यस पटक जपानामा र अमेरिका बिच हुन नसकेको टिपिपिका केही बिषयमाथि दुवै देशले आ-आफ्नो अडान कायम राख्नका कारण कुनै निर्णय हुन सकेन।

आमेरीकी राष्ट्रपतिले पहिलो पटक चिन र जापानबिच बिबादमा रहेको सेन्काकु टापू जापान र अमेरीकाको सुरक्षा समझौताको अन्तर्गत पर्ने र यसको सुरक्षा अमेरीकाको उत्तरदाईत्व भएको बताएका छन। जापान दोस्रो विश्व युद्धपछि आफ्नो सुरक्षाका लागि अमेरिकामाथि भर पर्दै आएको छ।

जापानी प्रधानमन्त्री शिन्जो आबेसँग टोकियोमा भएको भेटवार्तापछि ओबामाले टापु विवादका विषयमा कुनै पनि उत्तेजनापूर्ण व्यवहार नगर्न र समस्या वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन। तर, उनले जापानमाथि आक्रमण भए द्विपक्षीय रक्षा सम्झौता अनुरुप जवाफ दिने प्रतिबद्धता व्यक्त गरे।

दुई नेताबीच व्यापार सम्झौता लगायत उत्तर कोरियाका विषयमा पनि छलफल भएको अधिकारीहरुले जनाएका छन। उता, चिनियाँ विदेश मन्त्रालयले भने अमेरिकी अडानको विरोध गर्दै अमेरिका र जापानको गठबन्धनले चीनको भू–राजनीतिक सार्वभौमिकता र अधिकारमा असर नपार्ने विश्वास लिएको जनाएको छ।

अहिले क्षेत्रीय र आणविक परीक्षणबारे जापान–उत्तर कोरियाबीच तनावको स्थितिमा छ। ओबामाको एसियाली भ्रमणबाट अमेरिकी विदेश नीति सन्तुलित पार्ने अमेरिकी प्रयासका रुपमा लिइएको छ। राष्ट्रपति ओबामा जापानपछि अरु एसियाली राष्ट्र दक्षिण कोरिया, फिलिपिन्स र मलेसिया भ्रमणमा जानेछन्। ओबामा यी एसियाली राष्ट्रको भ्रमणमा आएको यो पाचौं पटक हो।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएअनुसार ओबामाले भ्रमणमा यी एसियाली राष्ट्रका नेतासँग समसामयिक विश्व राजनीतिका साथै विश्व घटनाक्रमबारे छलफल गर्नेछन्। ओबामाले दक्षिण कोरियाली राष्ट्रपतिसँग भेटघाटका क्रममा उत्तर र दक्षिण कोरियाबीच विवादबारे पनि छलफल गर्ने छन्।

हालै दक्षिण कोरिया र जापानबीच पनि बढ्न थालेको तनाव कम गर्नका लागि पनि ओबामाले दुवै देशका नेतासँग कुराकानी गर्नेछन्। उनी अप्रिल २६ मा मलेसिया पुग्नेछन्। राष्ट्रपति ओबामा सन् १९६६ पछि मलेसिया भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्। त्यसपछि उनी अप्रिल २८ मा फिलिपिन्स जानेछन्। उनले फिलिपिनी राष्ट्रपतिसँग द्विपक्षीय हितबारे छलफल गर्नुका साथै संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। राष्ट्रपति ओबामाले जापान र मलेसिया भ्रमणका क्रममा पनि द्विपक्षीय हित प्रवर्द्धनका साथै व्यापारिक साझेदारीमा पनि कुराकानी हुनेछन्।