welovenepal.com Nepali Time
Annapurna Area
बिमा सम्बन्धी नियम खारेज गर्न माग गर्दै विरोध

सउल , वैशाख १८ – कोरियामा विदेशी कामदारका लागि आउँदो जुलाई २९ बाट लागू हुने भनिएको बिमा सम्बन्धी नयाँ नियमको कडा बिरोध भएको छ। कोरियन मजदरु संघ, प्रवासी मजदुर युनियन लगायतका मजदूर संगठनहरुले नयाँ नियम खारेज हुनुपर्ने माग राख्दै विरोध गरेका हुन्।

ती मजदूर संगठनहरुले सोलमा रहेको श्रम तथा रोजगार मन्त्रालयको क्षेत्रीय कार्यलयमा पुगेर बिरोधसभा गरेका थिए। सभामा कोरियन मजदुर संघका अध्यक्ष सिन सुङ छलले कोरियामा धेरै आप्रवाशी मजदुरहरु श्रम शोषण र भेदभावमा परेको बताउँदै त्यसको विरोधमा कोरियन मजदुर संघ संघर्षमा उत्रिएको बताए।

सम्बोधनका कम्रमा सिन भने, ‘विदेशी मजदुरले कार्यस्थलमै विमा रकम पाउनुपर्छ। ‘ उनले थपे, ‘नयाँ नियम ल्याएर सरकार र पूँजिपतिहरु श्रमिकका अधिकार खोस्न खोजिरहेका छन्। ‘ कोरियाली संसदले ईपीएसमार्फत आएका १५ देशका मजदूरले ४ वर्ष १० महिना कार्यअवधि सकेर स्वदेश पुगेको १४ दिनभित्र उक्त रकम पाउनेगरी नयाँ नियम महिना दिनअघि पारित गरेको थियो।

कोरिया, नेपाल, कम्बोडिया, भियतनाम, श्रृलङ्का, बंगलादेश, फिलिपिन्स, थाइलेण्ड, पाकिस्तान, उब्जेकिस्तान आदिमुलुका श्रमिकहरुले सहभागिता जनाएको बिरोध सभालाई सम्बोधन गर्दै संघका उपाध्याक्ष छु बुङ हिले कम्पनी संचालकहरुले प्रवाशी मजदुरलाई प्रति भेदभाव गर्न नहुने बताए। उनले भने, ‘आप्रवासी मजदुरको बिमा सम्बन्धी नियम खारेज हुनुपर्छ, यसका लागि मजदूर सहकार्य आवश्यक छ। ‘

‘नयाँ नियम प्रवासी मजदूरको हित विपरित छ। ‘ प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले सम्बोधनमा भने। नयाँ नियम खारेजीका लागि एकहप्ता भित्र संवैधानिक अदालतमा मुद्दा हाल्ने र यसको फैसला नभएसम्म नियम लागू नगर्न श्रम मन्त्रालयमा निवेदन गर्ने तयारीमा रहेको समेत राईले बताए।

यसअघि ती मजदूर संगठनहरुले कोरियाली संसद भवनअघि पत्रकार सम्मेलन गरेका थिए। भने यसै हप्ताबाट ‘प्रवाशी मजदुरलाई कार्यस्थलमै बिमा रकम प्रदान गर’ लेखेको व्यानर लिएर श्रम मन्त्रालय अगाडि दैनिक १ घण्टा १ जनाका दरले जुलाई २९ सम्म धर्ना दिने तयारी गरिरहेका छन्।

देवेन्द्र सम्बाहाम्फे