welovenepal.com Nepali Time
Annapurna Area
टेक्सासको डल्लासमा भगवान बुद्धको मुर्ती अनावरण

डल्लास, वैशाख २३ – नेपाल सास्कृतिक तथा अध्यात्मिक केन्द्र र नेपाल नेवास् एसोसियसनको सयुक्त आह्वानमा भएको शन्तिका दूत भगवान् बुद्धको मुर्ती प्रतिस्ठापन तथा बुद्ध पूजा गत मे ४ तारिख आईतबारका दिन टेक्सासको अर्विङ सहरमा अवस्थित नेपाल सांस्कृतिक तथा अध्यात्मिक केन्द्र भवनमा भव्यताका साथ सम्पन्न भयो।

विभिन्न नौ वटा देशका भन्ते भिक्छुहरुको सन्लङतामा भगवान् बुद्धको मुर्ती को उद्घाटन जेष्ठ भियत्नमी भन्ते द्वारा बौधिक मन्त्रोचारणबाट गरिएको थियो। पूजाको सयोजकत्व न्यू जर्सीबाट पाल्नु हुने नेपाली भन्ते बिनितले बुद्ध पूजा तथा महपरित्राण गर्नु भएको थियो। विभिन्न देशबाट आउनु हुने सबै भन्तेहरु द्वारा नेपालका तारा गौतम बुद्ध को मूर्ती नेपाली मन्दिरमा स्थापना भएको यो एतिहसिक दिन को प्रत्यक्षदर्शी बन्न पाएकोमा खुसी व्यक्त गर्नुका साथै सम्पूर्ण नेपालीहरूलाई शुभ(कामना व्यक्त गर्नु भयो।

त्यस पश्चात् कार्यक्रमको सन्चालन नेपाल नेवास् एसोसियसनका कार्यकर्ता श्री प्रमेश श्रेष्ठले गर्नु भएको थियो। कार्यक्रमको स्वागत भाषण श्री मकर बज्रचार्यले गर्नु भएको थियो भने नेपाल सास्कृतिक तथा अध्यात्मिक केन्द्रका तर्फबाट डा. मुरली अधिकारीद्वरा केन्द्रको इतिहास र यस केन्द्रको परिचय दिनु भएको थियो।

नेपाल नेवास् एसोसियसनको परिचय श्री स्वयम्भु शाक्यले दिनु भएको थियो र बुद्ध मूर्ती स्थापना गर्न आफू र आफ्नो सस्थाबाट सहयोग गर्न पाउदा ज्यादै हर्षित हुनु भएको बताउनु भयो। कार्यक्रमको अन्तमा नेपाल नेवास् एसोसियसनका अध्यक्ष श्री राम गमाल द्वारा कार्यक्रममा पाल्नु हुने सम्पूर्ण धर्मलम्बी तथा श्रधालु भक्तजन स्वयम सेवक र सस्थाका कार्यकर्ता हरू सबैलाई हार्दिक धन्यवाद र शुभ-कामनाका साथै, मूर्ती स्थापना गर्न सहयोग गर्ने सबै दाताहरुलाई धन्यवाद दिनु भएको थियो।

कार्यक्रम झन्डै ४ घण्टा लामो थियो र कार्यक्रम पछि प्रसाद वितरण गरिएको थियो। सो कार्यक्रममा झन्डै ४०० जना को सहभागिता थियो। भगवान् बुद्धको मुर्ति ५ फिट २ इन्च रहेको छ। सो विशाल मूर्ती नेपालको पाटन निवासी अमिर शाक्यले बनाउनु भएको थियो। डालसको सबै सस्थाका सदस्यहरू उपस्थित भएको सो कार्यक्रम भब्य्ताका साथ सम्पन्न भएको सबै डालसबासी नेपालीहरू खुसीले गद गद भएको देखिन्थ्यो।

विकास राज न्यौपाने