welovenepal.com Nepali Time
Annapurna Area
जहाज दुर्घटनामा ज्यान गुमाउने संख्या २५९ पुग्यो

सउल, वैशाख २३ – गत महिना दक्षिण कोरियामा भएको यात्रु वहाक पानी जहाज दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २५९ पुगेको छ। गत अप्रिल १६ मा भएको सो दुर्घटनामा सोमबार अपरान्ह्सम्ममा २५९ व्यक्तिको मृत्यु भएको पुष्टि गरिएको छ। त्यसैगरी सो दुर्घटनामा परेका ४३ व्यक्ति अझै वेपक्ता रहेका बताइएको छ।

वेपक्ता व्यक्तिहरुमा हालसम्म कसैलाई पनि जिवितै उद्धार गरिएको समाचार छैन्। अप्रिल १६ कै दिनमा १७४ व्यक्तिलाई जिवितै उद्धार गरिएको थियो। दक्षिण कोरियाका राष्ट्रपति पार्क गेन हाइले उक्त दुर्घटनामा अझैसम्म बेपत्ता रहेका व्यक्तिका आफन्तहरूलाई हिजो भेटघाट गर्नु भएको थियो।

भेटघाटको क्रममा उहाँले सो डुङ्गा दुर्घटनाका दोषी व्यक्तिलाई कडा सजाय दिलाउँने प्रतिज्ञासमेत गर्नुभएको थियो। खोजीकार्य जारी रहेको द्वीपनजिकै जिन्डोस्थिति बेपत्ता रहेका व्यक्तिका आफन्तलाई सान्त्वना दिँदै यस दुर्घटनाको जिम्मेवार जो कोही भएपनि कडा सजाय दिइन पार्कले बताउनुभएको थियो गत अप्रिल १६ मा भएको सो डुङ्गा दुर्घटनापछि राष्ट्रपति पार्कले उक्त क्षेत्रको दोस्रो पटक भ्रमण गर्नुभएको हो।

सोमबार अपरान्ह्सम्ममा सो डुङ्गा दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २५९ पुगेको र ४३ अझै वेपक्ता रहेको कोरियाली सरकारले जनाएको छ। उक्त डुङ्गामा एक बिद्यालयका ३२५ बिद्यार्थिसहित ४७६ जना यात्रुले यात्रा गरिरहेका थिए। कतिपयको भने उही दिन नै उद्वार गरिएको थियो। दक्षिण कोरियाका राष्ट्रपति पार्क गेन हाइले सो घटनालाई लिएर यस अघि नै क्षमायाचना गरिसक्नु भएको थियो।

उहाँले सो दुर्घटना हुन पुगेको र त्यहाँ रहेका नागरिकको ज्यान बचाउन नसकेकोमा आफूलाई दुःख लागेको बताउनुभएको थियो। दक्षिण कोरियाको सरकारले केही दिनयता निरन्तर रूपमा एक विशेष खोजी अभियान सुरु गरेको छ। विभिन्न अत्याधुनिक प्रविधि र विधिको प्रयोगगरी खोजी अभियानलाई जारी राखिएको छ। तर पनि हराएका यात्रु सवै भने अझै पनि भेटिएका छैनन्।