Author Topic: घुम्दै-घुम्दै चोभारको डाँडा सम्म ।  (Read 3993 times)

0 Members and 1 Guest are viewing this topic.

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
काठमाण्डौको धुलो धुवाँबाट एकछणको लागि भए पनि छुटकारा पाउनको लागि धेरै टाढा पुग्नु पर्दैन रहेछ । म आफू पनि घरमा बस्दा बस्दा दिक्क लागेर यस्सो बाहिर निस्केको चोभारको डांडाको शितल हावा याद आयो । अनि त्यतैतिर लागे । साच्चिकै केहीक्षणको लागि यो शरीर अनि आत्माले शान्ति पाएको महसुस भयो । मनमोहक हरियाली माझको शितलता भुल्नै नसक्ने क्षण बनिदिन्छ तपाईं हामी सबैको लागि ।

Offline soiamd

  • daka
  • Project Manager
  • *
  • Posts: 7913
  • Reputation : 60
  • Gender: Male
  • man taa mero nepali nai ho
    • Rapidshare File Search

Offline Mohan Bikram Thapa

  • *
  • Posts: 4570
  • Reputation : 4
  • Gender: Male
  • We Love Nepal
काली बहिनी चोभार भैंसीपाटी हुँदैजान्छ है !!!
धन हुनेलाई मन छैन मन हुनेलाई धन
   छाडेर जानु छ भने निस्ठुरी नबन ल !
    Naya Bichar from Naya Patrika
http://www.nayapatrika.com/nayabichar/

Offline haku Black

  • alchi ko pinda
  • *
  • Posts: 19535
  • Reputation : 10
  • Gender: Male
  • nepali
    • sports unlimited
vaisipati vayera gaye ni huncha
balkhu hudai TU ko cheu bata gaye ni huncha

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
bhaisipati side bata bhanda balkhu bata janu baato ramro chha.

Offline स्पाईनी

  • Best Contributor
  • *
  • Posts: 16642
  • Reputation : 168
  • Gender: Male
     कालीका यी तस्वीरहरुले मेरा आँखा वरिपरी एकैचोटी बिगतका अनेकौं सम्झनाहरु चलचित्रझैं घुम्न थाले। सबैभन्दा पहिलो कुरो, म यो चोभारको झोलुङ्गे पुलको बाटो सानोमा धेरैपल्ट हिंडेर ओहोर दोहोर गरेको छु। कारण, त्यो पुलको पारीपट्टी चोभर गाउँमा मेरो मामाघर पर्छ। त्यतिबेला चोभार, दक्षिणकाली जाने गाडी त्यती सुलभ थिएन त्यसैले हामी यो बाटो प्रयोग गर्थ्यौं। अर्को कुरा हामी छ कक्षामा पढ्दाखेरी किर्तीपुर र चोभार घुम्न गएको बेलामा यो पुल छेउमा खिचेको फोटो शायद अझै मेरो घरमा हुनुपर्छ।
     
     अर्को कुरा मेरो नेपालमा हुँदा शहरदेखी बाहिरको गाउँ घर, बन जंगल, डाँडा पाखा घुम्ने रहर थियो जुन अहिले पनि छ। त्यसैले म साथी भयो भने साथीसँग नत्र एक्लै पनि घुम्ने गर्थें। आफुसँग सवारी साधन नभएकोले, कि सार्वजनिक सवारीमा या पैदाल हिंड्ने गर्थें, यसै क्रममा एक दिन(शायद आज भन्दा पाँच छ बर्ष अगाडि) म चोभारको गल्छी घुम्न हिंडें। किर्तिपुर जाने बसमा TU गेटमा ओर्लेर हिंड्दै बागवानी हुँदै चोभारको दक्षिणकाली जाने सडक(पहिलो र दोस्रो तस्वीरमा देखिएको) हुँदै चोभारको गल्छीसम्म पुगेँ। चोभारको गुफाको बारेमा धेरै सुनेको हुनाले त्यहाँ पुगेपछी गुफाभित्र छिर्न मन लाग्यो र म त्यो पुलबाट तल ओर्लेँ। गुफाभित्र छिर्ने मुख धेरै सानो थियो घस्रेर छिर्नु पर्ने। त्यहाँ पुगिसकेपछी अचानक एउटा कुरा याद आयो, मैले सानोमा पढेको थिएँ, काठमाडौंका कुनै एउटा स्कुलका केही साथीहरु त्यो गुफाभित्र छिरेर कारीब एक दिन पुरै हराएर भोलिपल्ट उद्धार गरिएको थियो। त्यस दिन म एक्लै थिएँ, फेरी घरमा पनि कहाँ जाँदैछु भनेर भनेको थिइन। साथमा फोन त थियो तर गहिरोमा भएकोले नेटवर्क थिएन। त्यसैले भित्र पस्नु ठीक लागेन र त्यत्तिकै फर्केँ।
     
     यो पुलसँग जोडीएको एउटा दु:खद घटना पनि छ। मेरो १२ कक्षामा सँगै पढेको एउटा साथीले यो पुलबाट हामफालेर आत्महत्या गरेको थियो। मर्नै पर्ने त्यस्तो के कारण थियो, त्यो त उही जानोस, तर उसको खल्तीमा फेला परेको फोनबुकमा हेरेर अर्को साथीलाई पुलिसले फोन गरेर उसको घरमा खबर गरिदिन भनेपछी हामी सबैलाई यो खबरले ठुलो धक्का दिएको थियो। जे भए पनि उसको आत्माले शन्ती पाओस्।
     
     छैठौं तस्वीर हेर्दा त्यो कोणबाट झोलुङ्गे पुलको तस्वीर लिन कसरी सम्भव भयो भन्ने लागेको थियो तर अन्तिमका दुई तस्वीरले त्यो जिज्ञासालाई शान्त पारीदियो। मन्जुश्रीले खड्गले काटेर बनाएको साँघुरो गल्छी हुँदै ललितपुर काठमाडौंलाई जोड्ने मोटर चल्नसक्ने बाटो बनिसकेको देख्दा खुशी लाग्यो। त्यो ऐतिहासिक झोलुङ्गे पुललाई यथा स्थानमै कायम राखी साँस्कृतिक धरोहरको संरक्षण गरेको देख्दा अझै खुशी लाग्यो। यो सबै कुराबाट अनभिज्ञ रही परदेशमा दिन काट्दै गरेको म जस्तो मान्छेलाई कालीको सचित्र बर्णन हेर्ने मौका मिलेकोले झनै खुशी लाग्यो।   

« Last Edit: July 08, 2009, 01:55:38 PM by स्पाईनी »
असम्भब छ जिन्दगी, जिउने कुनै रहर देउ
मृत्यु बरु सहिदिन्छु, अञ्जुलीमा जहर देउ ।

Offline Mohan Bikram Thapa

  • *
  • Posts: 4570
  • Reputation : 4
  • Gender: Male
  • We Love Nepal
bhaisipati side bata bhanda balkhu bata janu baato ramro chha.

म त बल्खु हुँदै गएको छैन भैंसीपाटी  डांडा बाट चोभार झरेको !!!

मेरो फोटोले तिम्रा बिगतका ति तिता मीठा क्षणहरुको स्मरण गराइदिएछ । खुशी पनि लाग्यो । अनि साथी गुमाउनु परेको कुरा सुन्दा दु:ख लाग्यो । खासमा म पनि एक्लै गएकी थिएं । पुलबाट तल खोला बगेको देख्दा निक्कै रमाइलो लाग्यो । पुलमा ओर्लेर फोटो खिच्न लागेको माथिबाट मान्छेहरुले जिस्क्याएर सिट्ठी बजाको बजाइ गर्दो रहेछ, मेरो त डरले मनै काँप्यो । एकक्षण त चुप लागेर फोटो खिचें । तर धेरै बेर सम्म त्यहाँ बस्न सकिन । यता उताबाट आउने सवारीहरु पनि कम देखिन्थ्यो । फाट्ट फुट्ट चल्ने सवारीहरुले पनि कामबेकाममा हर्न बजाको देख्दा हासो उठ्ने भन्या । त्यसैले एक्लै गुफा सम्म पुग्ने आँट गर्न सकिन । माथि जाने भिरालोमा पहिलेको भन्दा पार्क अझै राम्रो बनाएको छ । कुनै दिन साथीहरु सँग जाने मौका परेछ भने गुफा हेर्न जानु पर्ला ।

Offline haku Black

  • alchi ko pinda
  • *
  • Posts: 19535
  • Reputation : 10
  • Gender: Male
  • nepali
    • sports unlimited
kali le malai bolaye hunthyo ni

off topic hai
sachai ko sathi ho 12 ko

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
अब देखि त म एक्लै नजाने ।

Offline haku Black

  • alchi ko pinda
  • *
  • Posts: 19535
  • Reputation : 10
  • Gender: Male
  • nepali
    • sports unlimited
tyaha eklai jana chai hunna ekanta thau maa alik darlagdo nai huncha tara aile tyasto chai chaina paila jati bato maa manche hidi rako huncha ani bato wari pari ghar haru tanna cha ni

Offline CoNfesSiOn

  • *
  • Posts: 6004
  • Reputation : 125
  • Gender: Male
  • ..was only dreaming.
    • Treasure Of Nepal
ma pani hijo chovar ko mandir samma pugeko thiyee.. :Smiling:

Cherish Yesterday,Dream tomorrow,Live Today...

Latest celebrity Gossip    Computer n' Tech

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
jhandaile bhet bhayechha :laukha:

Offline स्पाईनी

  • Best Contributor
  • *
  • Posts: 16642
  • Reputation : 168
  • Gender: Male
kali le malai bolaye hunthyo ni

off topic hai
sachai ko sathi ho 12 ko

off topic,
sachai ko sathi ho re? k bhaneko?
असम्भब छ जिन्दगी, जिउने कुनै रहर देउ
मृत्यु बरु सहिदिन्छु, अञ्जुलीमा जहर देउ ।

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
soile jhut bolnu bho. maile bolauda aafu na aauney. aaja bolayena re  :lakha

Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use