Author Topic: नगरकोटको रेस्टुरेन्टमा चोरीको बिजुली  (Read 875 times)

0 Members and 1 Guest are viewing this topic.

Offline ReSi

  • wln Friend
  • *
  • Posts: 50973
  • Reputation : 206
    • Welcome Welcome Welcome
नगरकोट जाने सडकको दायाँ-बायाँका अधिकांश छाप्रे रेस्टुरेन्टले चोरीको बिजुली प्रयोग गरेको भेटाएको विद्युत् प्राधिकरण वितरण केन्द्र भक्तपुरले जनाएको छ ।

सडक र वनको जग्गा अतिक्रमण गरी बनाएका अधिकांश यस्ता रेस्टुरेन्टले चोरीको बिजुली प्रयोग गरी व्यवसाय सञ्चालन गरेको अनुगमनको क्रममा भेटाएको प्राधिकरण कर्मचारीले जानकारी दिए । अनुगमनको क्रममा नगरकोटको होटल स्पेस माउन्टेन तलतिर चोकको कुमारी क्याफे एन्ड हुक्का रेस्टुरेन्टले चोरीको बिजुली प्रयोग गरी पि|mज, डिपि्रज र टेलिभिजन चलाएको भेटिएको एक कर्मचारीले जानकारी दिए ।

प्राधिकरणका अनुसार यो रेस्टुरेन्टले चोरी गरेको बिजुली अन्य चारवटा छाप्रा रेस्टुरेन्टलाई वितरण गरेको भेटाएको थियो । 'देखावटी रूपमा मिटर पनि राखेको थियो, पोलमा हेर्दा विद्युत् प्राधिकरणले लाइन जडान गरेको जस्तो देखिन्थ्यो,' अनुगमनमा खटिएका एक कर्मचारीले भने, 'हामीलाई शंका लागेर हेर्दा त चोरीको बिजुली कुमारी क्याफेले प्रयोग गरी अरू तीनवटामा पनि बाँडेको भेट्टायांै ।'

यो रेस्टुरेन्टसँगै रहेको नगरकोट गाइड सेन्टरले पनि चोरीको बिजुलीबाट कम्प्युटर चलाएको अवस्थामा भेटिएको प्राधिकरणले जनाएको छ । त्यस्तै टोलीले महाकाली मावि अगाडितर्फका सबै छाप्रा रेस्टुरेन्टमा पनि चोरीको बिजुली प्रयोग गरेको भेट्टाएको प्राधिकरणले जनाएको छ ।

यस्तै छाप्रा रेस्टुरेन्टले चोरीको बिजुली प्रयोग गरी 'मोटर' लगाएर पानी तानिरहेको अवस्थामा भेटिएको थियो । टोलीले पानी तान्ने तीनवटा मोटरसमेत जफत गरिएको छ । दुई दिनअघि प्राधिकरणले चोरीको तार छुटाए पनि पुनः चोरी गरी व्यापार सञ्चालन गरेको स्थानीयवासीले जनाएका छन् । 'प्राधिकरणले हुकिङ मात्रै छुटाएको थियो, चोरीको बिजुलीबाट चलाएका इलेक्टि्रक सामान जफत गर्ने हिम्मत गर्न सकेन,' स्रोतले भन्यो, 'प्राधिकरणका कर्मचारी र्फकनेबित्तिकै पुनः तार जोडेर चोरी सुरु गरेको छ ।' प्राधिकरणका अनुसार यो रेस्टुरेन्ट सुजन श्रेष्ठले सञ्चालन गरेका हुन् । चोरी नियन्त्रण गर्न गएका प्राधिकरणका कर्मचारीलाई उनले एक महिनाअघि अर्जुन तामाङसँग भाडामा लिएको बताएका थिए ।

निभा होम नजिकैको ट्रान्स्र्फमरबाट अन्डरग्राउन्ड हुँदै नजिकैको छाप्रो रेन्टुरेन्टमा समेत बिजुली चोरी गरे पनि प्राधिकरणका कर्मचारीले अनुगमन नै नगरी फर्केको स्रोतले बतायो ।

कुसुम सामुदायिक वनका अध्यक्ष रामचन्द्र नगरकोटीले बाँस्तोला नगरदेखि माथि डाँडासम्म वन र सडकको जग्गा अतिक्रमण गरी एक सय ६० को हाराहारीमा रेस्टुरेन्ट सञ्चालनमा रहेको जानकारी दिए ।

'गत वर्षसम्म ८० वटा जति थिए, यस वर्ष बढेको हो,' उनले भने, 'कसैले हटाउने पहल पनि गरेको छैन, निर्बाध रूपमा चलिरहेका छन्, सरकारले नै भत्काए हुन्थ्यो भनेर हामीले केही गरेका छैनांै ।' नगरकोट बजार क्षेत्रमा ०४९ सालदेखि यस्ता टहरा बनाउन सुरु भएको उनले बताए । बाँस्तोला नगरदेखि डाँडासम्मको दायाँ-बायाँ सडक र वनको जग्गा अतिक्रमण गरी यस्ता रेस्टुरेन्ट बनाउने क्रम अझै रोकिएको छैन । अवैध रूपमा बनेका छाप्रा किनबेच र भाडामा समेत लगाउने गरेको स्थानीयवासीले बताएका छन् ।

नगरकोट जाने सडकको दायाँ-बायाँका अधिकांश छाप्रामा चोरीको बिजुली प्रयोग गरेको भेटिएको विद्युत् प्राधिकरण भक्तपुर वितरण केन्द्रका प्रमुख मदन चापागाईंले जानकारी दिए । 'अनुगमन गर्दा सबैजसो रेस्टुरेन्ट सञ्चालन गर्न खोलिएका छाप्रामा चोरी गरेको पायांै,' उनले भने, 'चोरी गर्नुभन्दा अस्थायी मिटर लिए हुन्थ्यो ।' छाप्रा रेस्टुरेन्टको नाममा मिटर दिन नसके पनि सामुदायिक वन र गाविसको सिफारिसमा दिन सकिने उनले बताए ।

प्राधिकरणको अनुगमन देखावटीमात्रै

विद्युत् प्राधिकरण भक्तपुर वितरण केन्द्रले जिल्लाका विभिन्न स्थानमा विद्युत् चोरी नियन्त्रणको अभियान थाले पनि देखावटीमात्रै भएको छ ।

चोरी भएको ठाउँमा अनुगमन गरेर हुकिङ गरेको तार निकाले पनि चोरी गरेको बिजुलीबाट चलाएका इलेक्टि्रक सामान भने जफत गर्न सकेको छैन । चोरी नियन्त्रण गर्न जाँदा चोरीको बिजुलीबाट विभिन्न सामान प्रयोग गरेको पाए पनि ल्याउने साधनको अभाव रहेको वितरण केन्द्रले जनाएको छ । नेता र कार्यकर्तालाई प्राधिकरणको गाडी दिन सक्ने तर प्राधिकरणमा चोरी नियन्त्रणका लागि खटिन गाडीसमेत अपुग छ ।

'हामीसँग साधन नभएर चोरीको बिजुलीबाट चलाएका समान ल्याउन सकेका छैनांै,' एक कर्मचारीले भने । प्राधिकरणले ताथली, सुडाल, बागेश्वरी, नगरकोट, छालिङ, चाँगु, सिपाडोलमा अनुगमन गरी हुकिङ निकाले पनि प्रयोग गरेका इलेक्टि्रक सामान जफत गर्न सकेको छैन । सात गाविस अनुगमन गर्दा नगरकोटबाट तीनवटा पानी तान्ने मोटर र एउटा आइरन, बागेश्वरीबाट पनि एउटा आइरनबाहेक अन्य सामान ल्याउन सकेको छैन ।  त्यस्तै चोरी गर्नेलाई विद्युत् ऐनअनुसार कारबाही हुनुपर्नेमा केही गर्न सकेको छैन । चोरी गर्नेलाई नियन्त्रणमा समेत लिन सकेको छैन ।

ekantipur
तपाईहरू सँग मिलेर खुशी बाड्‌न चाहन्‍छु
http://residesi.blogspot.com

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use