Author Topic: मृत्युदण्ड निर्विकल्प सजाय  (Read 119 times)

0 Members and 1 Guest are viewing this topic.

Offline माया

  • Best Member
  • *
  • Posts: 4544
  • Reputation : 80
  • Gender: Female
  • the moment changed my life...
भर्खरै सकिएको महिलाहिंसा विरुद्ध १६ दिने अभियानका आवाजहरु प्रतिध्वनित भइरहेका थिए । ठीक त्यसैबेला, मंसीर २८ गते चाँदनी गाविस वडा नं. ७ मा राति सुतिरहेको समय पारेर १२ वर्षीय बालिकामाथि हाडनातामा दाजु पर्ने १८ó१९ वर्षीय एक युवकले जबरजस्ती गर्ने प्रयास गरेछन् । परिवारमा उनकी आमा र उनी मात्र छन् ।  गाउँका मानिस संघ संस्था बोलाएर आफ्नो अपमान गरेको भन्दै दोस्रो दिन मंसीर २९ गते फेरि आक्रोशित हुदै जबरजस्ती गर्न गएछन् । ती बालिकाले प्रतिकार गर्दा झन् ती युवकले निर्मम तरिकाले कुटपिट गरेर फरार भएछन् । ती बालिकाको मुख, टाउको, शरीरमा गहिरो चोट लागेको, पेटमा सुजन भएको स्थिति छ । शरीर गुब्बारा फुले झैं भएको थियो । ती युवकले अझ कुनै कारबाही अघि बढाए काट्ने मार्ने धम्की दिएका थिए । आफ्नो कोही सहारा नभएको, घरको आर्थिक अवस्था पनि अत्यन्तै कमजोर भएको हँदा कडा रुपमा प्रतिकार गर्ने क्षमता पनि हुने भएन । अहिले ती आमा छोरी गाउंबाटै विस्थापित भएर अर्को गाउँमा बसाई सरेका छन् ।
      त्यस्तै पुस ४ सुनसरीको ओराबनीमा रामजानकी मेला हेरेर फर्कदैं गर्दा एक युवती ६ जनाको सामूहिक बलात्कारको शिकार भएकी थिइन् । तर दश दिन पछि मात्रै घटना सार्वजनिक भएको छ । स्थानीय बासिन्दा र राजनैतिक पार्टीहरुले घटना बाहिर नल्याउन दबाब दिएका रहेछन् । र उनीहरुको मनसाय चाहिँ अलिकति पैसा दिएजस्तो गरी घटना थामथुम पार्ने रहेछ । पीडित पक्षको भनाइअनुसार दोषीहरु राजनैतिक पार्टीका नेताहरुका नातेदार हुन् ।
मंसीर ४ गते साउदी अरबबाट स्वदेश फर्किएकी भोजपुरकी २० वर्षे युवती बर्दीधारी प्रहरीबाटै बलात्कृत भईन् । अर्काको पासपोर्टमा गैरकानूनी तवरले विदेश गएको भन्ने खुलासा भएछ । उनको यस कमजोरीको फाइदा प्रहरी र अध्यागमनका कर्मचारीले उठाएछन् । विदेशीहरुबाट जोगिदै आएको उनको शरीर नागरिकको सुरक्षार्थ खटिएका आफ्नै देशका प्रहरीले लुटेछन् र घरेलु कामदार भएर दुःख गरी कमाएर ल्याएको ८ हजार ५ सय रियाल अर्थात् २ लाख ४ हजार रुपियाँ स्वदेशका सरकारी कर्मचारीहरुले भाग लाएछन् ।
          त्रेतायुगमा सीताले दिनु परेको अग्नि परीक्षा होस् वा केही दिन अघि बिहे गर्न नमानेकोमा घर नजिकैका पुरुषद्वारा जिउंदै जलाइएकी बर्दियाकी शिवा हासमीको पीडा होस् वा बाराकी बिन्दु ठाकुर जलाइएको जस्तो निर्दयी घटना होस् वा जडीबुटीóगोठाटार सडकको मूल स्थलमै पार्किँ गरी राखेको गाडीमा दुई युवकद्वारा सरिता केसीको बलात्कारा होस् वा जागिर लगाइदिने निहुँमा नेपाल टेलिकमका माथिल्लो तहका कर्मचारीले एक युवतीलाई गरेको बलात्कार होस् वा टेकुमा १७ वर्षीय दाजुबाट ५ वर्षीय नाबालिका बलात्कृत भएको घटना होस् वा केही वर्ष अघि धादिङमा ५० वर्षीय पुरुषले १०२ वर्षीय वृद्धामाथि गरेको बलात्कार जस्तो घृणीत कार्य होस् वा इटहरीमा एउटा बाबुले आफ्नै छोरीलाई वषौंदेखि बलात्कार गरेको जस्तो महापाप होस् .... सबैले महिलाविरुद्धका क्रुरता र असंवेदनशीलतालाई उजागर गरेका छन् । र आज हरेक महिलालाई आफू कति सुरक्षित छु भनी सोध्न प्रेरित गरेका छन् ।       बलात्कारका अतिरिक्त महिला भएकैकारणले उनीहरुले दाइजोका लागि यातना, एक पटक विधवा हुँदा जीन्दगीभर त्यही अवस्थामा बाँच्नु पर्ने सामाजिक परिस्थिति, छाउपडी गोठमा बस्नुपर्ने बाध्यता, आफू एचआईभी संक्रमित भएको थाहा हुँदा पनि सुरक्षित शारीरिक सम्बन्धका साधन प्रयोग गर्न नचाहने पुरुष प्रवृत्ति आदिजस्ता हिंसात्मक सामाजिक स्थितिमा बाँच्नु परेको छ । तर यस्ता हिंसात्मक परम्पराहरु परम्पराकै नाममा केहीले स्वीकारेको अवस्था पनि छ ।
महिला हिंसाका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था छन्, महिला सशक्तीकरण समन्वय समिति छ, लैङ्गिक हिंसासम्बन्धी सरकारी गैरसरकारी संस्थाहरुमा विभिन्न तालीम, गोष्ठी गरिन्छन्, उच्चतहका राजनीतिक नेताहरु, सरकारबाट महिला हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता गरिन्छ, महिला हिंसा विरुद्धको १६ दिने अभियान नै मनाइन्छ, विद्यालयका पाठ्यपुस्तकका सामग्री महिला मैत्री बनाइन्छ, अन्कनाउँदै भए पनि महिला मैत्री शब्दहरु प्रयोग गरिन्छन् । तर पनि महिलाहिंसा झन बढ्दो छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०६६/६७ मा ३७६, ०६७/६८ मा ४८१ र ०६८/६९ मा ५७५ बलात्कारका घटना भएको देखिन्छ । प्रहरीसमक्ष नआइ गाउँघरतिरै मिलापत्र गरिने बलात्कारका घटनाको त कुनै रेकर्ड नै छैन । वैवाहिक बलात्कारको विषयलाई त छलफलमै पनि ल्याइदैन् ।
          प्राचीन समयमा चाणक्यले आफ्नो पुस्तक अर्थशास्त्रमा अनियन्त्रित महिलालाई नियन्त्रण गर्न, आफ्ना श्रीमान्लाई क्रुर व्यवहार गर्ने श्रीमतीलाई तह लगाउन विशेष विधी बताएका छन् । ती मध्ये बाँसको छडी, वा कोर्रा वा हातले तीन पटक हिपमा हान्नपर्ने हुन्छ । यसैगरी, यदि कुनै पुरुषले जंगल, बाढी, भुखमरी वा शत्रुबाट कुनै महिलालाई बचाउँछ भने उसले ती महिलालाई आफूखुशी भोग गर्न पाउँछ । कुटनीतिक विद्यामा कौशल चाणक्यको अर्थशास्त्र जस्ता उपदेशमुलक ग्रन्थहरुले  महिलाप्रतिको नकारात्मक सामाजिक सांस्कृतिक मानसिकताको निर्माण गरेका छन् । Ďमहिला कमजोर प्राणी हो, उपभोग्य वस्तु होí भन्ने पितृसत्तात्मक सोचाइले समाजमा गहिरोसँग जरा गाडेको छ । महिलाप्रतिको सम्मानजनक संस्कारको अभावमा पुरुषको कामवासनाको शिकार महिला भइरहेका छन् । त्यस्तै, महिलालाई भोगको वस्तु ठान्ने, विकृत यौनकुण्ठाले ग्रसित पुरुष मनोदशाका कारण महिला बलात्कारका घटनाहरु बढिरहेको हुनसक्छ । मनोरञ्जनका साधन मानिने अश्लिल चलचित्र, त्यहाँ देखाइने सामूहिक बलात्कारका दृश्यहरुका कारण यस्ता यौनजन्य कुण्ठाहरु अझ मौलाउने मौका पाउँछन् ।
       बलात्कृत हुँदा समाजले तिरस्कार गर्ने भय, इज्जत प्रतिष्ठामा आँच आउने डर अनि पीडकपक्षबाट आउने धम्कीले गर्दा महिलाहरुले यस्ता घटना भित्रै दबाएर राख्ने गरेका हुन्छन् । प्रायः यस्ता घटना गाउंघरमै मिलाइन्छन् । केहीगरी प्रहरी समक्ष पुगे पनि न्यायालयसम्म पु•याइदैनन् । फितलो कानुन र अपर्याप्त दण्ड सजायको व्यवस्थाले यस्ता बलात्कारीहरु खुलेआम समाजमा घुमिरहेका देखिन्छन् । गाउँघरमै मिलापत्र गर्ने प्रवृत्ति, कमजोर सुरक्षा व्यवस्था र बलात्कारजस्तो जघन्य अपराधप्रति सरकारको उदासीनताले यस्ता अपराधीलाई झन् प्रश्रय दिइरहेको छ ।
    प्रधानमंत्री मातहत रहेको महिला सशक्तिकरण समन्वय समितिबाट नेतृ आरजु राणाले राजीनामा दिन्छिन्, महिला अधिकारकर्मीहरु, पार्टीका महिला संगठनहरु बलात्कारीलाई कारबाहीको माग गर्दै सडकमा ओर्लिन्छन्, राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण हुन्छ, सरकारले बलात्कार घटनाबारे छानबिन गर्न समिति गठन गर्दछ । ठीक त्यसै समयमा, दैलेखमा घाँस काट्न गएकी १९ वर्षीय एक युवती बलात्कृत भएकी र मकवानपुरमा यौन सम्पर्क गर्न नमान्दा श्रीमानद्वारा श्रीमतीको हत्याका समाचारहरु सञ्चार माध्यमले प्रसारण गरिरहेका हुन्छन् । सम्भवतः यो लेख लेख्दै गर्दा दूरको कुनै गाउँ वा शहरको भीडमा फेरि मैना सुनुवारहरु, सुन्तली धामीहरुका चित्कार त्यसै बिलाइरहेका होलान् ।
     आज हरेक उमेर समूहका र तह तप्काका महिलाका लागि असुरक्षा उत्पन्न भएको छ् । आफ्नै घरभित्र, घर बाहिर, शहरमा, गाउँमा, आफ्ना, पराया कसैबाट कही पनि हिंसामा पर्न सक्ने त्रासमय वातावरण सृजना भएको छ । यससँगै, न्यायका लागि पीडित महिलाका पक्षमा गर्जिने महिलाका सामूहिक आवाज पनि उठेका छन् । जिल्लामा महिला दबाब समुह पनि गठन भएका छन् । अनि एक एक गर्दै महिला बलात्कारका घटना पनि बाहिर आउन थालेका छन् । 
छिमेकी देश भारतमा केही दिन अघि भएको सामूहिक बलात्कारले सारा देश नै शोकमग्न भयो । कानुनमा सुधार गरी अपराधीलाई मृत्युदण्डजस्तो कडा सजायको माग गरिरहेका छन् भारतबासीहरु । नेपालमा भने सामान्य विभागीय कारबाही र केही रकम दिएर घटना मत्थर पार्ने कोशीस गरिन्छ । सायद, बलात्कारजस्तो क्रुर, अमानवीय, र वीभत्स कूकर्मका लागि मृत्युदण्ड मात्रै पर्याप्त सजाय हुनसक्छ । पीडितप्रति सामाजिक सम्मान सृजना गर्न, महिला अधिकारको संरक्षण अनि सम्भावित पीडकलाई निरुत्साहित पार्न मृत्युदण्ड निर्विकल्प सजाय मान्न सकिन्छ ।
You want but you compromise, thatís life.
You want & you wait & you donít compromise
THAT IS LOVE

Offline महाँकाल

  • *
  • Posts: 1149
  • Reputation : 23
  • Gender: Male
  • Born To KiLL....
 :diablo: balatkaar
dhanDaa namaana maayaa
mritudanda sajaaya kam bhayo tiniharulaai


ma arkai sajaaya diulaa!
The Sound Of Silence

Offline माया

  • Best Member
  • *
  • Posts: 4544
  • Reputation : 80
  • Gender: Female
  • the moment changed my life...
lau lau
You want but you compromise, thatís life.
You want & you wait & you donít compromise
THAT IS LOVE

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use