Bridge to Nepal & Nepali

Entertainment => Muktak ,Poems, Stories,Articles and Literature => Topic started by: स्पाईनी on June 30, 2009, 01:07:08 PM

Title: गफिता संग्रह
Post by: स्पाईनी on June 30, 2009, 01:07:08 PM
काली, एन जी, आईस जस्ता सदस्यहरुको संगतले म पनि कबिता लेख्ने कवि त होइन गफिता लेख्ने गफी भने अवस्य भएको छु। गफै गफमा कविता या कवितै कवितामा गफ (जे भने पनि) गर्ने बानी नै लागिसक्यो। यसैले मैले कबिताको शैलीमा गरिने गफलाई गफिता भन्ने नाम जुराइदिएको छु। फोरममा साहित्य बाहेकका अन्य खन्डहरु (जस्तै Forum Games, News आदी) मा पोस्ट गरिएका २ ४ लाइन कविताहरुलाई यहाँ पनि पोस्ट गरौं ताकी हाम्रा सिर्जनाहरु एउटै धागोको मालामा उनीयुन्। भविस्य मा तीनलाई पूर्ण कविता बनाउनु परे पनि खोज्न र अन्य सदस्यहरुलाई हेर्न सजिलो होस्।     
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on June 30, 2009, 01:08:50 PM
आफ्नो होइन जिन्दगी, अरु कसैको नासो भयो, 
यो जिन्दगीमा अरुको अधिकार, यही नै गुनासो भयो
मुटुमा बिझायो जिन्दगी, आफैंलाई गलाको पासो भयो
बाँकी सारा आँशु जिन्दगी, केवल दुई दिनको हाँसो भयो। 

मलाई गुनासो छ: Forum Games
Title: Re: गफिता संग्रह
Post by: काली on June 30, 2009, 01:16:59 PM
हेर्दा हेर्दै स्पाईनीको नाम निलो बाट झनै निलो भो
खुशी लाग्यो तिम्रो साथ, बधाई दिन अलिकती ढिलो भो
आउने थिए तिमीलाई भेट्न.....................अम्रिका
.......................तर पानी परेर बाटो हिलो भो !!!
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on June 30, 2009, 01:23:25 PM
हिलोलाई त गमबुट छ नि,
फुटेको सीसाको कथा पो अर्को छ
अम्रिका आउनलाई त के गाह्रो भो र
अम्रिकाको भिसाको ब्यथा पो चर्को छ।   
Title: Re: गफिता संग्रह
Post by: पुर्वेली कान्छा on June 30, 2009, 01:38:52 PM
lau
Title: Re: गफिता संग्रह
Post by: काली on July 02, 2009, 06:01:02 AM
म मरेर गए पनि
मेरो आत्मा बाचिरहनेछ
वि लभ नेपालको वरिपरि
भुत बनेर तर्साउनेछ ।

Give a comment, leave a word-Forum Games
Title: Re: गफिता संग्रह
Post by: Mohan Bikram Thapa on July 02, 2009, 06:12:06 AM
म मरेर गए पनि
मेरो आत्मा बाचिरहनेछ
वि लभ नेपालको वरिपरि
भुत बनेर तर्साउनेछ ।

Give a comment, leave a word-Forum Games

तिमलाई भुत बनेर कस्ले  तर्साउनेछ ?
Title: Re: गफिता संग्रह
Post by: काली on July 02, 2009, 06:33:29 AM
छड्के टोपी रेडियोमा हात
गर्छ सधैं बकबके बात
हल्लिरहन्छ सिस्नोको पात
स्पाईनी भन्छन तिम्रो जात ।


assign a nice nick to person above you - forum games
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on July 02, 2009, 11:35:24 AM
जो हर दिन हर पल मरेको छ उसलाई फेरी मारेर के पाउँछौ?
माया त अमरै छ, खाली आत्मालाई परलोकमा सारेर के पाउँछौ?
हातमा तरवार लिई, मुखले अल्लाह, शिव, येसु जपेर के पाउँछौ?
ज्युँदो लाश भइसकेको शरीरमा दुई चार गोली थपेर के पाउँछौ? 

प्रेम गरेको आरोपमा प्रेमी-प्रेमिकाको हत्या: News from Nepal.  
Title: Re: गफिता संग्रह
Post by: काली on July 02, 2009, 12:21:11 PM
तिम्रो अनुपस्थितीमा मैले कति आँशु बगाए
तिमी बिनाको पलहरु खै कसरी बिताए
कति गाह्रो रहेछ जिउनु यो जिन्दगी
तिमी सँग छुटे पछि मात्र थाहा पाए ।।।

तिम्रो अनुपस्तिथिमा - Forum Games
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on July 02, 2009, 12:58:33 PM
आफैं तड्पिने मान्छे म,
तिमीलाई तड्पाउन आँटेको छैन,
जानाजान कसैको मन किन दुखाउनु,
साँचो हो कुरा ढाँटेको छैन।   

Assign a nice nick.... Forum Games
Title: Re: गफिता संग्रह
Post by: काली on July 02, 2009, 01:04:21 PM
निधारको ढोका खोलि भाग्य हेर्नु मन लाग्यो
यतै कतै भेटिन्छ कि खोजि हिंड्नु मन लाग्यो
हाट बजारमा देंखे भाग्य उधारोमा लीलाम भयो
ढुँगा छोए देउटा भन्थे मेरो भाग्य कस्तो हो यो!


Give a comment, leave a word - Forum Games
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on July 02, 2009, 01:09:40 PM
लट्टे कपाल झुसिले दाह्री
अब कानमा मुन्द्रा लाउन बाँकी छ
मन त सबै नेपाल मै आईसक्यो
त्यो ६ फुटको शरीर आउन बाँकी छ । - काली 


त्यहाँ दिन हुँदा यहाँ रात,
रातभर फोरममा चिच्च्याउनुपर्‍यो,
नेपाल त आफ्नै हो आउँदै गरम्ला,
तिम्लाई पो यता घिच्च्याउनुपर्‍यो। - स्पाईनी

Assign a nice nick to person above you: Forum Games
Title: Re: गफिता संग्रह
Post by: काली on July 02, 2009, 01:17:51 PM
चाईनालाई उपहार दिन पाएनी हुने
भारतलाई दाईजो दिन पाएनी हुने
मेरो देश मेरो गौरब .............
जनतालाई अलिक सुख त हुन्थ्यो
कसैले धर्मपुत्र बनाएर लगे नि हुने ।।।



Give different nicknames to Nepal - Forum Games
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on July 03, 2009, 12:18:24 PM
गीत सँगै तिमी मलाई नगाइ देउ न बिन्ती
आँखाको यो नानी भित्र न आई देउ न बिन्ती 
चट्ट्याङ बनी मेरै सामु नगर्जिदेउ बिन्ती
गुनासो को बर्षा बनी नबर्षिदेउ बिन्ती !!!  - काली

Malai gunaso chha: Forum Games
Title: Re: गफिता संग्रह
Post by: काली on July 03, 2009, 09:34:22 PM
सबैले भन्छन माया बसन्तमा फूल्छ रे
फक्रिएको त्यही माया बगैचामा झुल्छ रे
एउटा थुँगा चुँडालेर शिरफूल बनाइ लाउन खोजें   
तर, अभागीको सिउदोमा त ओईलाएर झर्छ रे ।


Give a comment, leave a word- Forum Games
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on July 03, 2009, 11:55:49 PM
अतीतको भुमरीमा अल्झेको जिन्दगीलाई एकान्तमा फुकाउँदैछु,
निराशाको प्रहारले बल्झेको घाउलाई आशाको घाममा सुकाउँदैछु। 

Ke gardai ho ahile : Forum Games
Title: Re: गफिता संग्रह
Post by: काली on July 04, 2009, 05:49:23 AM
कही जिन्दगी रहर हो
कहिले जिन्दगी जहर हो
तिमी जिएर हेर एकपल्ट
यो एउटा अन्जान शहर हो ।


Give a comment, leave a word- Forum Games

Title: Re: गफिता संग्रह
Post by: ReSi on July 04, 2009, 01:06:30 PM
कहिले कबिता सुनाए
कहिले लोहोरी सुनाए
कहिले मायालाए
कहिले मसक्क हासे
कहिले ठुसुक्क रिसाए
कहिले सुक सुक रोए
आफ्नो रुमाले आसु पुछेर
धाराको पानीमा लगेर धोए
:hora
Muktak ,Poems, Stories,Articles and Literature
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on July 04, 2009, 01:40:16 PM
जूवा रहेछ जिन्दगी,
एउटा ठुलो दाउ हारियो 
चिथोरेर आफ्नै मुटु,
निको नहुने घाउ पारियो

स्पाईनीको Signature
Title: Re: गफिता संग्रह
Post by: ReSi on July 04, 2009, 08:37:42 PM
मृत्यु अझै नजिक आयो,
बाँच्ने आश मेटिएन
कात्रो लिएर मलामी आए,
मेरो लास भेटिएन।
स्पाईनीको Signature
Title: Re: गफिता संग्रह
Post by: काली on July 04, 2009, 09:50:59 PM
कती गरुँ खोइ कोशीस, कती नै मारुँ ट्राइ,
दिमाग हल्लिन थालयो, भयो मेरो भेजा फ्राइ,

भिजायो रुझायो पानीले, भएँ म निथ्रुक्कै,
शरीर भए नि भिजेको, मन किन हो किन ड्राइ,-  आईस

Haku-na-matata (JPT- J mann lagyo tyo post garnus)
Title: Re: गफिता संग्रह
Post by: ReSi on July 04, 2009, 10:36:55 PM
अज्ञानी लाई ज्ञान को भण्डार
कैदी लाई जेल बराबर हुन्छ।।।
 Muktak ,Poems, Stories,Articles and Literature > Topic: तितो सत्‍य !!!
Title: Re: गफिता संग्रह
Post by: ReSi on July 04, 2009, 10:39:00 PM
कुरा कानी नभाको नि बर्ष दिन भईसक्‍यो
एक पछि अर्को गरी सबै ऋतु गईसक्‍यो
रूदैछौ कि एकान्‍तमा खबर पनि पा छैन
मेरी श्रीमतीज्‍यूको चिठ्‍ठी पत्र आ छैन
श्रीमतीज्‍यू के छ खबर??
 Muktak ,Poems, Stories,Articles and Literature > Topic: श्रीमतीज्‍यू के छ खबर???
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on July 05, 2009, 12:08:23 AM
खै अस्ती कता तिर हो म त अचानक मरेछु, 
आफ्नै हातले आफ्नै अन्तिम संस्कार गरेछु।

Gaff deu sake samma : Forum Games
Title: Re: गफिता संग्रह
Post by: ReSi on July 05, 2009, 06:34:35 AM
रातो त्‍यो पछेउरीको छेवैले
पुछ्दैछौ कि भिजेका ति परेली हरु,
सम्हालेर राखिदेउ ति थोपाहरु
खुशी बनाई फर्काईदिउंला बाचा भो बरु,

आईसको Signature
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on July 05, 2009, 01:01:03 PM
मर्न त हुन्थ्यो नि के गर्नु मरेपछी तिमीसँग भेट हुँदैन रे
कम्प्युटर त साथमै लैजान्थेँ तर नर्कमा ईन्टरनेट हुँदैन रे।

Gaff deu sake samma : Forum Games
Title: Re: गफिता संग्रह
Post by: काली on July 05, 2009, 06:22:53 PM
काठमाण्डौमा प्यास लागे मिनेरल वाटर किन्नु
पर्या छैन पानी खाने निहुले घरबेटीलाई चिन्नु
रानी बनमा जान्न घुम्न अरु सँगै घुम्नु
मच्छर लाग्छ जताततै छैन मलाई मर्नु ।

हे माया ..रिप्लाई बेटर,
इफ यू लाइक मी सेन्ड मी लेटर ।

Where do u wana be with the above person???
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on July 06, 2009, 12:11:49 PM
तिमी मर्‍यौ होला आफ्नै दु:खले,
म पनि आफ्नै दु:खले मरेको छु,
नर्क सम्म त अली होइन तर,
यमलोक सम्म चाहिं पक्कै झरेको छु। 

Gaff deu sake samma : Forum Games
Title: Re: गफिता संग्रह
Post by: काली on July 07, 2009, 10:12:39 AM
सगरमाथा हुदाहुदै संसार सामू झुक्नु पर्ने
परिचय पोको पारि परेदेशमा लुक्नु पर्ने
पसिनाले रुझे पनि पिंडाले ज्यान सुक्नु पर्ने
...................!!!!!!!!!!!!!!!!!!!!!!!!!!!


Give different nicknames to Nepal
Title: Re: गफिता संग्रह
Post by: Eastern Media Solution on July 07, 2009, 10:17:21 AM
gafita Ko ramro kaida raicha
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on July 07, 2009, 02:24:10 PM
२ बिस नाघेकी षोडसी बाला, लोकल रक्सीको प्याला
फोरमको खेताला, त्यो पनि बिना ज्याला - काली

assign a nice nick to person above you - forum games

 
Title: Re: गफिता संग्रह
Post by: काली on July 07, 2009, 06:22:22 PM


थोत्रो रेडियो
ब्याट्रीको नाश
पढ्न लेख्न छाडेर
फोरमको बास
नेपाल फर्किन्छौ भन्ने
छैन मलाई आश ।

assign a nice nick to person above you - forum games
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on July 07, 2009, 10:26:43 PM
देश त उही हो नि बरु हामी पो फेरियौँ कि?
ईर्श्या लोभ र शंकाको भुमरीमा पो बेरियौँ कि?

Give different nicknames to Nepal
Title: Re: गफिता संग्रह
Post by: काली on July 07, 2009, 10:59:24 PM
दुई आँखाको परेलीमा बसेको यो माया
मुटु भित्र ढुकढुकीले रोजेको यो माया
घामछांयाको जिन्दगीलाई दोर्याउने यो माया
पत्थर जस्तो मनलाई पनि पगाल्ने यो माया !

Give a comment, leave a word- Forum Games

Title: Re: गफिता संग्रह
Post by: काली on July 08, 2009, 08:43:54 AM
अब्यवस्थित अस्त व्यस्त, शहर कस्तो कस्तो लाग्यो
सपनाको भब्य नगरी भन्दा धेरै सस्तो लाग्यो
उकुस मुकुस भएपनि, अन्धकारमै रहेपनि 
त्यो साँघुरो गल्ली नै मेरै आफ्नो जस्तो लाग्यो -Spiny     

मेरो झ्यालबाट देखिने काठमाण्डू ... > Art & Photography
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on July 08, 2009, 09:45:53 AM
अम्रिकामा गैरी खेतको गह्रा अनी आली पाईंदैन
अम्रिकामा सुनगाभा अनी सुनाखरीको डाली पाईंदैन
बिनाकारण कसैको ताली अनी गाली पाईंदैन
सबैभन्दा ठुलो कुरो अम्रिकामा काली* पाईंदैन। 

*काली ≠ African American Women. 

Upahar sathiko lagi - Forum Games
Title: Re: गफिता संग्रह
Post by: काली on July 08, 2009, 09:37:59 PM
आँखा छोपी नआउ भनी भन्नु पर्या छ
................कालो चस्मा नलाउ भनी भन्नु पर्या छ,

हे ...............सबै भन्दा नाम्रो भन्थे आँखाको त्यो नानी
तर, तिम्रो नजाने भो चस्मा लाउने बानी,

......आँखा छोपी नआउ भनी भन्नु पर्या छ ।


assign a nice nick to person above you - forum games
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on July 09, 2009, 12:12:21 PM
नेपाल भुले पनि नेपाली त भुलेको छैन नि।
भोली नै आउँथें नि के गर्नु बनमा काँडा छ
बाटो पनि टाढा छ, त्यै माथी महँगो भाडा छ।

Assign a nice nick to person above you - Forum Games
Title: Re: गफिता संग्रह
Post by: काली on July 09, 2009, 12:17:04 PM
सितारको झंकारहरुमा खोजें तिमीलाई
तिमी संगीतको ताल सँगै झुमिरह्यौ
सागरको लहर माझ देखें तिमीलाई
तिमी मोती सरि गहिराईमा डुबिरह्यौ

देउरालीको चौतारीमा पर्खें तिमीलाई
तिमी भरिया दाइको सुसेलीमा भूलिरह्यौ
झ्याउकिरीको स्वरहरुमा खोजें तिमीलाई
तिमी रातको शून्यता सँगै चुपचाप भयौ

कहाँ कहाँ खोजिन मैले तिमीलाई
तिमी आकाशको जून झै मौन थियौ
को को सँग सोधिन मैले तिमीलाई
तिमी सुनसान शहरहरुमा हराईरह्यौ ।

तिम्रो अनुपस्तिथिमा ।। forum games.
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on July 09, 2009, 11:29:52 PM
फोरममा यहाँसम्म आउनुमा कालीकै देन छ
आफु त विद्यार्थी मान्छे, खाली एउटा पेन छ
नेपाल आउन नि तिम्रै सहयोग चाहिने भो,
के तिमी सँग पाँच सात लाख येन छ?

Assign a nice nick.....
Title: Re: गफिता संग्रह
Post by: काली on July 10, 2009, 09:12:52 AM
mayalu bina zindagi bojha hun6a vanthe..
zindagi yo karkalako pani sari bagi jan6a vanthe....

-MaYa

Give a comment, leave a word
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on July 12, 2009, 01:33:39 PM
फतौरेको उपमा पाइयो, अब सोचेर मात्रै बोल्नुपर्ने भो
अटाइ नअटाइ गफलाई राख्न बैंकमा लकर खोल्नु पर्ने भो 

Upahar Sathi ko lagi - Forum Games
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on July 18, 2009, 12:28:17 AM
यो जिन्दगीमा कसैको यादमा हजारौँ पल्ट रोइसकेँ
यादको बाढीमा धमिलिएको मनलाई आशुँले नै धोइसकेँ
भिजेको सिरानी त सुकेर गइहाल्ला नि समय संगसंगै,
तर अब नरुने कसम खाइ आफ्नै शीर छोइसकेँ।   

Upahaar Sathiko laagi - Forum Games
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on July 19, 2009, 12:13:14 PM
शेर्पा दाईको निवासमा WLN को बैठक बसेको
नेपालको लागि केही गरौं भनेर सबैले कम्मर कसेको
सभापतिको आशनमा स्पाईनी बसेको
प्रमुख अतिथि भएर रेसी भित्र पसेको
बेबीगर्लले कोठालाई भब्य रुपमा सजाएको
दोर्जेले झ्याउरे तालमा मादल बजाएको
काली र सोइले दोहोरी गाएको
खन्दु र मोक्की छम् छम् नाचेको
नट्टी बोइ र फुच्ची मरी मरी हाँसेको
पासाङ्ग र किपाले कबिता सुनाएको
खराने बाबाले भजन गुन्गुनाएको
सोलमन्त्रले तन्त्र मन्त्र जपेको
जल्तनले तोङ्बामा तातो पानी थपेको
बाँकी सबै सदस्यले रमाइलो गरेको
बैठकको मितिचाहिँ २ महिना पछि सरेको

Gaff deu sake samma - Forum Games
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on July 27, 2009, 02:07:09 PM
मात्र तस्वीरको सहारामा जिएर बसें म,
तिम्रो यादमा तड्पी तड्पी पिएर बसें म,
बिछोडमा फाटेको मनलाई सिएर बसें म,
मुटु भरी तिम्रै सम्झना लिएर बसें म।

My comment on one of my friend's photo in Facebook
Title: Re: गफिता संग्रह
Post by: Rohan on July 27, 2009, 03:12:12 PM
मेरी बुढी त आज भोली लालाी पाउदर लाउने भएछ
तीन बर्ष पछी घर जाँदा त आन्तै पोइल गैछ


रोहन '"समिर"
हाल मलेसिया  :pani
Title: Re: गफिता संग्रह
Post by: ReSi on July 27, 2009, 03:15:11 PM
 :Surprised: rohan
sanchai rohan   :pani
Title: Re: गफिता संग्रह
Post by: काली on July 27, 2009, 03:35:58 PM
यस्तै हो जिन्दगी कहिले घाम कहिले पनि
लैजान्छन दैबले पनि मान्छे छानी छानी
-sandu
Title: Re: गफिता संग्रह
Post by: काली on July 29, 2009, 09:12:31 AM
केही खोजिरहेका निश्‍चल,निश्‍कपट तिमरा आँखा,
खै बुझ्‍ने कहिले हो मेरो मनको भाका।।
-Postman

Welcome to BNN Forum
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on August 02, 2009, 12:14:26 AM
एक भले इन्सान तबाहीका मन्जर कहाँ से लाउँ?
तुझे मारने के लिये उतना बडा खन्जर कहाँ से लाउँ?

Facebook
Title: Re: गफिता संग्रह
Post by: काली on August 03, 2009, 11:11:27 AM
जिन्दगीले मलाई भुल्यो, जिन्दगीलाई मैले भुलें
खडेरिमा ओईलाउनुथ्यो, अनयासै किन फूलें  !!!
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on August 03, 2009, 11:53:02 AM
आज फेरी पुर्णिमाको साहित परेजस्तो लाग्यो,
आकाशको जुन झुक्किएर तल झरेजस्तो लाग्यो,
फुलको रङ्ग र तिम्रो रङ्ग उस्तै उस्तै देख्दाखेरी,
तिम्रो त्यो गुलाबी रङ्ग फूलमा सरेजस्तो लाग्यो।

Facebook
Title: Re: गफिता संग्रह
Post by: काली on August 03, 2009, 12:00:23 PM
मुटु भरी पिंडा बोकी ओठ सधैं हासिरहें
गन्तब्य यो कता कता अन्धकारमा नाँचिरहें 
अंजुलीमा छल्किएर चोखो माया साँचिरहे
मनै मनमा खुशी हुदै पागल सरि बाँचिरहें !!!
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on August 03, 2009, 12:16:13 PM
झाडु वाली लडकी,
खोल तेरी घरकी,
काँच वाली खिडकी हो हो हो हो....
क्युं कि...

खिडकी कि बाहरका नजारा बडा है
तेरे घरके सामने ये आवारा खडा है

Facebook
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on August 04, 2009, 01:09:15 PM
देख्न त सक्दिन म यो दुई हो कि चार,
तर अवश्य बुझ्न सक्छु संगीतको तार
शरीरले होइन मनले अपाङ्ग बनाउँछ,
एउटा कमजोरीले हुँदैन जीन्दगी बेकार। 

The Musical Genius - Derek Paravicini  
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on August 16, 2009, 02:31:07 AM
फुटकर मात्रै हो राजनीतिको,
महाकाब्य पढिसकेको छैन।
चासो त छ राजनितिमा तर,
त्यती धेरै भूत चढिसकेको छैन।   
सत्ताको कुर्सीमा बस्नलाई,
त्यती नराम्ररी सडिसकेको छैन। 

Upahar Sathiko lagi
Title: Re: गफिता संग्रह
Post by: काली on August 16, 2009, 05:55:50 PM
फुटकर मात्रै हो राजनीतिको,
महाकाब्य पढिसकेको छैन।
चासो त छ राजनितिमा तर,
त्यती धेरै भूत चढिसकेको छैन।   
सत्ताको कुर्सीमा बस्नलाई,
त्यती नराम्ररी सडिसकेको छैन। 

Upahar Sathiko lagi

Saarai Ramro Laagyo.
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on August 17, 2009, 04:16:11 AM
तिम्रो आगमनले जिन्दगीको मौसम सदाबहार भयो   
तिमीसंगै जीवनका कैयौं उकाली ओराली पार भयो
तिम्रो मिठो शब्दहरु मलाई सारंगीको तार भयो
आमुल्य तिम्रो खुशीनै आज सर्बोत्क्रिष्ठ उपहार भयो।

Upahar Sathiko lagi
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on August 17, 2009, 09:51:18 AM
स्पाईनीको जिन्दगीबाट रात हरायो
कालीको मुखबाट दुईटा दाँत हरायो
स्पाईनीको दराजबाट भोटो हरायो
कालीको चाहिं त्यती राम्रो फोटो हरायो

फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालयमा बुझाईदिनुहोला।

Post your photo
Title: Re: गफिता संग्रह
Post by: काली on August 17, 2009, 09:52:20 AM
Ma ta Haraako chhuiNaa ni :Laughing:
Title: Re: गफिता संग्रह
Post by: ReSi on August 17, 2009, 10:26:30 AM
ko harayo ta?
Title: Re: गफिता संग्रह
Post by: काली on August 17, 2009, 12:17:51 PM
Gafita :p
Title: Re: गफिता संग्रह
Post by: काली on August 18, 2009, 06:06:08 AM
पराईको आगनमा पुगेछौ तिमी,
आफन्तलाई कहिल्यै नभुलिदेउ है ।
दुई-चार बर्षको प्रबास यात्रा सकेर,
फेरि आफ्नै देशमा फर्की आउ है ।।
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on August 21, 2009, 01:09:41 PM
प्रेजेन्ट टेन्स सम्हाल्न नसकेको बेलामा पास्ट टेन्सको कुरा किन गर्छौ?
यो दिमाग ठीक नभएको बेलामा कमन सेन्सको कुरा किन गर्छौ?

Facebook
Title: Re: गफिता संग्रह
Post by: काली on August 21, 2009, 10:01:04 PM
नझरी देउ न झरी तिमी यो दुखीको मन रोईदिन्छ के
सुन्यताको नगरीमा हराएको जीवन बल्झेर आज दुखिदिन्छ के
बन्द आँखाहरु रुझेर फेरि तिमी सँगै खहरेमा बगिदिन्छ के
नरुवाउ है अब तिमी मलाई, हासेर एकपल जिउन चाहन्छु के ।।। 

Haku na Matata
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on August 23, 2009, 01:24:00 PM
काट्नै भुलेको त्यो लामो कपाल
दाह्रीले अनुहार छोपिनै आँट्यो
एक बित्ता कम्मर नाघेको पतलुन
लगाउनु भन्दा पहिल्यै फाट्यो ।।।

काली

कपालको पछी नलाग तिमी,
लेख न कविता स्माईलको
खुकुलो र फाटेको पतलुन,
बुझ न कुरा स्टाईलको।

स्पाईनी

Assign a nice nick to person above you...
Title: Re: गफिता संग्रह
Post by: काली on August 23, 2009, 10:02:52 PM
फूल जस्तै कोमल त्यो तिम्रो मन
केही क्षणको लागि कठोर किन ???
पठाइदिएछौ फोटो चिट्ठीमा राखेर
तुरुन्तै तिमीले मेटायौ किन ???
 
खोज्छु है शब्द लेख्छु है कबिता
आक्रिती मनमा अल्झिन्छ किन ???
जति हेर्यो उति नै हेर्न मन लाग्ने
दिवास्वप्ना अचेल देख्दैछु किन ???

UPAHAR !! saathi ko lagi !!
Title: Re: गफिता संग्रह
Post by: ReSi on August 23, 2009, 10:14:38 PM
ati sundaram
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on August 31, 2009, 12:18:15 PM
गफ मात्रै गरेर हुन्न जिन्दगी जिउनु पनि पर्छ रे,
प्याला मात्रै भरेर हुन्न जिन्दगी पिउनु पनि पर्छ रे,
फटाएर मात्रै हुन्न जिन्दगी सिउनु पनि पर्छ रे,
कटाएर मात्रै हुन्न जिन्दगी जिउनु पनि पर्छ रे। 

Kali, 44000 ko Badhai
Title: Re: गफिता संग्रह
Post by: काली on September 01, 2009, 03:36:42 PM
गफ मात्रै गरेर हुन्न जिन्दगी जिउनु पनि पर्छ रे,
प्याला मात्रै भरेर हुन्न जिन्दगी पिउनु पनि पर्छ रे,
फटाएर मात्रै हुन्न जिन्दगी सिउनु पनि पर्छ रे,
कटाएर मात्रै हुन्न जिन्दगी जिउनु पनि पर्छ रे। 

Kali, 44000 ko Badhai

spiNyko Gafita Lekhney KalaaLai Mannu Parchha Baa!  :hi:
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on October 11, 2009, 12:01:25 AM
अझै कति बाँच्नु छ यहाँ मर्ने कुरा नगर
नअस्ताउने तारा हौ तिमी झर्ने कुर नगर
तिमी छौ, हामी छौं अनि पो यो संसार छ
हाम्रो यो संसारलाई बिरानो गर्ने कुरा नगर। 

तिमीलाई!!!  - Muktak, poems....
Title: Re: गफिता संग्रह
Post by: Mohan Bikram Thapa on October 11, 2009, 01:54:45 AM
यो संसारमा बाँच्नु र मोर्नु आज
होकी भोली सधैं हासी खुशी बस
त्यो कर्के  नजर  नलगाउनु  काली
बहिनी माथि बहिनी छ र म छु ।   

स्पाईनी जि लाई ल !
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on October 15, 2009, 12:08:10 PM
धेरै चढियो जीवनमा उकाली तर बदनामीको उकाली चढ्नु छैन
प्रधानमन्त्रीको कुर्सीमा बसेर बिना इन्फेक्सन सड्नु छैन
म जे जस्तो छु अनी जहाँ छु त्यहीं ठिक छु, 
बिषालु काँडा बनेर देशको मुटुमा मलाई गढ्नु छैन।

Upahar Sathiko Lagi
Title: Re: गफिता संग्रह
Post by: Mohan Bikram Thapa on October 15, 2009, 10:04:19 PM
जीवनमा उकाली त ओराली त गर्नु नै पर्छ
सधैं हासी खुशी बस्नु पनि जान्न पर्छ
म दुखी दाजु सधैं एक्लै हुने भए
यो संसारमा म  मात्र दुखी हुने हो ?
Haku na Matata
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on October 18, 2009, 12:55:03 AM
तिमी बिना यो जिन्दगी चलेकै नै छ
घरको हरेक दियो बत्ती बलेकै नै छ
तिमी नहुँदा न यो दिल अलिकती जलेको छ
श्रीखण्डको बोटमा न त नीम नै फलेको छ।
तिमी बिना यो जिन्दगी चलेकै नै छ

Facebook
Title: Re: गफिता संग्रह
Post by: Mohan Bikram Thapa on October 18, 2009, 11:36:34 PM
श्रीखण्डको बोटमा न त कदमको फल फल्छ
श्रीखण्ड त खाली दुई चिजमा मात्र चल्छ
मेरो घरको दियोमा खाली तेल मात्र कम भएको छ
जन तन  गरे पनि यो जिन्दगी चलेकै छ

वी लभ नेपाल फोरुम
Title: Re: गफिता संग्रह
Post by: काली on October 24, 2009, 07:25:15 PM
gafita dami dami chha.
Title: Re: गफिता संग्रह
Post by: महाँकाल on October 26, 2009, 06:11:33 PM
ho daami chha
aafulaaii ta gajal aaudaina
Title: Re: गफिता संग्रह
Post by: Mohan Bikram Thapa on October 27, 2009, 05:28:09 PM
सपनिमा आउन छोडेनौ माया
यो मायाले मन छुन्छ कती 
मलाई पनि थाहा नै भएन माया
कती टोलाए तिम्रो यादहरुमा

मेरो पनि त मन नै हो
पहिला कति मिठो कुरा भयो 
तिनी कुराहरुलाई अब भुली देउ
साकुरा फुल नफुल्दै म टाढा भए

अरु दिनमा काली दिदी कालीबहिलाई दु:ख पर्दा खै ! तिमी फोरुममा आएको सधै मेरो दुख्यो दिल को घाउ...
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on October 28, 2009, 12:21:06 AM
मन

पानी बिना पनि पौडिने
काँडामाथी पनि दौडिने
बिना पखेटा उड्न सक्ने
सानो चोटले फुट्न सक्ने
बाँझो हुँदा गोड्न गाह्रो
फुट्यो भने जोड्न गाह्रो
हेर्‍यो भने नदेखिने
खोज्यो भने नभेटिने
दाग लागे नमेटिने
भाग लागे नरेटिने............

Give a comment, leave a word...
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on November 02, 2009, 12:14:31 PM
हार हरुको जुत्ता लगाऊ जीत हरुको टोपी
खुशी हरुको माला लगाऊ निराशालाई छोपी - Raja

हार पछी जीत हो रे पालो सबैको आउँछ नि,
जीतको टोपी लाईदेपछी जीतले के लाउँछ नि?
भन्नलाई त जे नि सजिलो, हुन त हुन्छ नि,
मैल्यो भने त्यो टोपी धुन चाहिं कल्ले धुन्छ नि? - Spiny

Facebook
Title: Re: गफिता संग्रह
Post by: काली on November 02, 2009, 12:15:34 PM
ha ha ha
Title: Re: गफिता संग्रह
Post by: गोरेटो on November 02, 2009, 02:47:16 PM
अती राम्रो लाग्यो मुलाई ता भन्चु म
Title: Re: गफिता संग्रह
Post by: Mohan Bikram Thapa on November 02, 2009, 03:27:47 PM
अती राम्रो लाग्यो मुलाई ता भन्चु म
अब काली बहिनी बिना म मोर्छु भन्ने हजुर होइन अब के आमा लाई भन्न परो र ........ 
Title: Re: गफिता संग्रह
Post by: काली on November 05, 2009, 07:59:47 AM
ढुँगाको बिचमा अल्झेर पनि २दिनको लागि फूल्नै पर्ने
नियम हो यही जिन्दगीको फूलेर आफै झर्नै पर्ने....!
सकिन्न मेट्न भाग्यको रेखा लेखेको कुरा भोग्नै पर्ने
मुटुमा घाउ चर्किए पनि बाध्यता त्यस्तै भूल्नै पर्ने ।।।

कालीको नाममा - Art & Photography
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on November 06, 2009, 09:55:19 PM
दुई दिन गाइने अनि बिर्सी जाने गीतै न हो जिन्दगी
चार पल लाइने अनि भुली जाने प्रितै न हो जिन्दगी
नचाहेर पनि अंगाल्नुपर्ने चली जाने रीतै न हो जिन्दगी
नाजुक फूलमा सजिएको झरी जाने शीतै न हो जिन्दगी....

कालीको नाममा - Art & Photography
 
Title: Re: गफिता संग्रह
Post by: Mohan Bikram Thapa on November 07, 2009, 03:15:26 AM
ढुँगाको बिचमा अल्झेर पनि २दिनको लागि फूल्नै पर्ने
नियम हो यही जिन्दगीको फूलेर आफै झर्नै पर्ने....!
सकिन्न मेट्न भाग्यको रेखा लेखेको कुरा भोग्नै पर्ने
मुटुमा घाउ चर्किए पनि बाध्यता त्यस्तै भूल्नै पर्ने ।।।

कालीको नाममा - Art & Photography
गफिता संग्रह कुरा भुल
म यसै आएको होइन
बिग नेपाल डट कम को
कुरा सम्झ न यहाँ आएर

मेरो के नै भुल भयो
भन तिमी आँफै भन
माया लाउन आएको त
म होईन नि !कि हो ?
म पनि आँफै नै घरको बहिनी सम्झेर नै आएको नै हो ।
Title: Re: गफिता संग्रह
Post by: काली on November 07, 2009, 08:06:02 AM
DhanYaBaad chha Mohan Dailai. Tara Dashai tihaarma 1ruppey ni Dakshinaa dinu bhayena ra alik mann dukheko chha :p
Title: Re: गफिता संग्रह
Post by: Mohan Bikram Thapa on November 07, 2009, 02:21:23 PM
तिमीलाई  जती  दिए  पनि
कहाँ  पुग्छ  त  अब  दिने त
दिएनी  3397 अझै  दिदै छु
मेरो पो तोलाको बोली खोलामा
Title: Re: गफिता संग्रह
Post by: महाँकाल on November 08, 2009, 07:44:47 PM
बैनीलाई झोलामा
जोख् ने सुन तोलामा
ज्वाँईलाई चाँहि खोलामा
फाल्ने मौरीको गोलामा?
Title: Re: गफिता संग्रह
Post by: Mohan Bikram Thapa on November 09, 2009, 04:06:31 AM
महाँकाल    जि      मोहन लाई
न     मौरीले       छुन    सक्छ
न  त    नदिमा    डुबेर     मोर्छ
न त घोप्टे  भिर   बाट पल्टेर मोर्छ
न  त  भालाले     गोबेर      मोर्छ
सधैं दिदी बहिनीहरुको भलो चाहन्छ ।
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on November 10, 2009, 11:51:03 PM
मनको कुनै लगाम हुन्न रे,
कहिले सगरमाथामा पौडिन्छ
कहिले फेवातालमा दौडिन्छ
कहिले भक्कानो फुटाएर हाँस्छ
अनि कहिले खित्का छोडेर रुन्छ। - स्पाईनी

कबिको कुनै ठेगाना हुन्न रे
कहिले चुरोटको बट्टामा कबिता लेख्छ
कहिले त्यहि चुरोटको धुवामा आफूलाई उडाईदिन्छ
कहिले एकान्तमा बर्बराउछ
कहिले आफू भित्र भित्रै निसास्सिरहन्छ
कहिले एक्लै एक्लै हासिरहन्छ
अनि कहिले परेली भिजाएर रोईरहन्छ । - काली

दुसरे का तो पता नहीं लेकिन हमसे झूठ क्युं बोलती हो?
तनहाइ में तुम भि तो यादोँकी लिफाफे को खोलती हो 
हमें पता है, अंधेरेमें तुम खुदके अन्दर हि खोती हो
हमें हमदर्दी दिखाकर अकेलेमें तुम भि तो रोती हो। - स्पाईनी

अरुको त थाहा छैन तर, मसँग किन झुठो बोल्छौ?
एक्लै हुँदा तिमी पनि त स्‍मृतिका पन्नाहरु खोल्छौ
मलाई थाहा छ, भीडडहरुमाझ तिमी सधैं हराएको हुन्छौ   
मलाई सान्त्वना दिएर अँध्यारोमा तिमी पनि त रुन्छौ - स्पाईनी

What are you thinking now?? - Forum Games
Title: Re: गफिता संग्रह
Post by: काली on November 11, 2009, 08:10:58 AM
toee ta :Laughing:
Title: Re: गफिता संग्रह
Post by: महाँकाल on November 11, 2009, 09:02:56 AM
मनको कुनै लगाम हुन्न रे,
कहिले सगरमाथामा पौडिन्छ
कहिले फेवातालमा दौडिन्छ
कहिले भक्कानो फुटाएर हाँस्छ
अनि कहिले खित्का छोडेर रुन्छ। - स्पाईनी

कबिको कुनै ठेगाना हुन्न रे
कहिले चुरोटको बट्टामा कबिता लेख्छ
कहिले त्यहि चुरोटको धुवामा आफूलाई उडाईदिन्छ
कहिले एकान्तमा बर्बराउछ
कहिले आफू भित्र भित्रै निसास्सिरहन्छ
कहिले एक्लै एक्लै हासिरहन्छ
अनि कहिले परेली भिजाएर रोईरहन्छ । - काली

आईमैइको कुनै भर हुन्न रे
मैले भनेको पनि होइन रे
स्त्री त्यो लहरा हो रे
जो नजिक छ उसैसँग झ्यामिन्छे रे  ~महकाल
Title: Re: गफिता संग्रह
Post by: काली on November 11, 2009, 11:24:40 AM
बिचरा म  :laukha:
Title: Re: गफिता संग्रह
Post by: रुपेश भाई on November 11, 2009, 04:19:12 PM
timilai maile maye garnu
gau sahar ma jatro bhayo
janma din ma diyako rumal
lash berne katro bhayo. burning love:
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on November 12, 2009, 10:55:09 AM
भो महलमा तिमी नै बस, त्यसको सपना मलाई नदेउ
आफ्नै दुनियाँमा मस्त छु म, आएर फेरी चलाई नदेउ।
धुलो नै मेरो बिछ्यौना अनी फुटपाथ नै मेरो घर हो,
बिन्ती छ तिमीले मेरो यो घरलाई बिना कारण जलाई नदेउ। 

Maile khicheko photoHaru - Art & Photography
Title: Re: गफिता संग्रह
Post by: रुपेश भाई on November 12, 2009, 12:30:07 PM
janu cha tada ferkera aauni kahelay ho thaha chaina
bichod ko chot, aakhan ma aansu nagai ni bha chaina
namari bache aaula farkera kina ho bhuleki
ma mare pani na jharnu aansu jun ma fuleki
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on November 27, 2009, 12:14:09 PM
लौन आज काली आयो

शिशिरमा हरियाली आयो
फोरममा खुशीयाली आयो
लौन आज काली आयो

सुनाखरीको डाली आयो
अँध्यारोमा दियो बाली आयो
लौन आज काली आयो
 
खुशीहरु सङ्गाली आयो
मायाहरु अङ्गाली आयो
लौन आज काली आयो

दु:खलाई पखाली आयो
बेदनालाई सम्हाली आयो
लौन आज काली आयो

फूलबारीमा माली आयो
फूलहरुमा लाली आयो
लौन आज काली आयो

ayooooo ayooooooooo - Forum Game
Title: Re: गफिता संग्रह
Post by: काली on November 27, 2009, 12:15:33 PM
arko Saalko Tihaarmaa Deusi Gaaunu Parchha hai timro ^yo gafitaa lai :Laughing:
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on November 27, 2009, 12:19:07 PM
ए भन मेरा भाई हो देउसी रे
ए काली किन यस्तो सेउसी रे
ए हामी त्यसै आएनौं देउसी रे
ए चढी आको हामी टेउसी रे
ए सुक्यो हाम्रो घाँटी देउसी रे
ए छिटो देउ हाम्लाई पेउसी रे
ए भन मेरा भाई हो देउसी रे
ए काली किन यस्तो सेउसी रे। 

deusi lai ta yo pani chha ni...
Title: Re: गफिता संग्रह
Post by: काली on November 27, 2009, 12:21:01 PM
^yesto deusi Gaayeu Bhaney ta 1ruppey Dakchhinaa paaula Bhanera Aashaa Nagare ni hunchha re k.
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on November 27, 2009, 12:23:04 PM
Loadshedding bhayeni Tihar ma Diyo ta jalta hai
Ruppey nai kina chaiyo ra, Yen bhaye ni chalta hai.
Title: Re: गफिता संग्रह
Post by: रुपेश भाई on November 27, 2009, 12:24:45 PM
kya gajab ko deusi.naya nepal ko deusi.
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on December 06, 2009, 09:27:58 AM
खै के नै रह्यो र बाँकी, गर्नलाई जिन्दगीमा
असम्भब लाग्छ खोला, तर्नलाई जिन्दगीमा
पलासको फूल भइयो, रहेन सुवास छर्नलाई जिन्दगीमा
एउटै काम त बाँकी रह्यो अब, मर्नलाई जिन्दगीमा ।

K gardai ho aile - Forum Games
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on February 11, 2010, 12:45:29 AM
हरियो लुगामा सेतो चस्मा मिलाएरै लाकोन्त
अरुलाई हैन म त तिम्लाईनै भेट्न आकोन्त 
दिनको दुई पल्ट तिमी हिंड्ने बाटो धाकोन्त
तिमी नआकोन्त, अनी शुन्य हात लाकोन्त।   

दोबाटोमा कुर्दै बसी तिम्रै गीत गाकोन्त
तिम्ले माया नलाएनी मैले माया लाकोन्त
तिम्रो नाममा दुई प्लेट म:म एक्लैले खाकोन्त
तिम्लाई नभेट्या चिन्ताले उल्टै दुब्लाकोन्त।   

I say you are..... Forum Games

Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on May 12, 2010, 06:32:49 AM
काली महिमा

ध्वाँसे अनुहारमा घसेर डेढ धार्नी कमेरो
रातभरी जाग्राम बस्ने मान्छे हो कि चमेरो
हे काली तिम्रो महिमा अपरम्पार छ,
कोटी कोटी प्रणाम अनी सलाम छ मेरो।

I say u r.... Forum games
Title: Re: गफिता संग्रह
Post by: काली on May 12, 2010, 10:02:44 AM
wah wah waah!
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on September 30, 2010, 11:19:07 AM
गुनासो त धेरै छन, गनेर के फाइदा
सुनुवाई नहुने गुनासो भनेर के फाइदा
बल्झाउँदा घाऊ, पीडा आफैंलाई मात्र हो
गुनासो खोतल्नलाई मुटु खनेर के फाइदा

Malai gunaso chha - Forum Games
Title: Re: गफिता संग्रह
Post by: काली on October 01, 2010, 03:25:11 AM
TaliYaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa.......
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on October 03, 2010, 07:12:01 AM
मनभरी चोटै चोटको नासो छ, गुनासो छैन
आँखाभरी बलिन्द्रधारा आँशु छ, गुनासो छैन
दिल भित्र सम्झनाको पासो छ, गुनासो छैन
टाढा भएनी तिम्रो बारेमा चासो छ, गुनासो छैन।

Malai gunaso chha - Forum games
Title: Re:  
Post by: काली on October 03, 2010, 06:24:31 PM
haina achel meri saheli gafita maaiti gaichhin kyarey, malai gafita lekhnai ayena.
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on October 26, 2010, 11:18:12 PM
बाँच्न मन छैन तर मर्नलाई पासो छैन
मरुभुमी जिन्दगीमा छर्नलाई हाँसो छैन
तिम्रो त्यो सहानुभुति तिमीसँगै राख भो,
म जस्तो छु ठिकै छु गर्नलाई गुनासो छैन। 

Malai gunaso chha - Forum Games
Title: Re: गफिता संग्रह
Post by: काली on October 27, 2010, 12:29:29 AM
ihihihihihihihi
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on October 30, 2010, 08:19:34 AM
अगाडी हुन्जेल घुर्क्याउँदै बस 
गएपछी चुकचुकाउँदै बस
मेरो अनुपस्थितिमा तिमी,
अँध्यारोमा सुकसुकाउँदै बस।

भएको माया लुकाउँदै बस
ब्यर्थमा मुटु दुखाउँदै बस
मेरो अनुपस्थितिमा तिमी,
अल्झेको मनलाई फुकाउँदै बस।

भेट्दा नजर झुकाउँदै बस
नभेट्दा घाऊ उप्काउँदै बस
मेरो अनुपस्थितिमा तिमी,
भिजेको आँखा सुकाउँदै बस। 

तिम्रो अनुपस्थितिमा - Forum Games
Title: Re: गफिता संग्रह
Post by: काली on October 31, 2010, 03:06:58 AM
waaaaaaaaaaaaaaaaaaaaaaw gafita lai jodda kabita nai banechhanta LahareY :P
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on November 02, 2010, 01:21:12 PM
Kabita banayera chuttai rakhna khojeko tara tetti ramro bhayena jasto lagyo ani gafita ma rakhideko  :Smiling:
Title: Re: गफिता संग्रह
Post by: काली on November 02, 2010, 04:47:53 PM
JHandaile baneko chha kabita.
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on November 02, 2010, 09:12:16 PM
Mero jhandai kabitako shirshak chha
"Mero Anupasthitima"  :laugh2:
Title: Re: गफिता संग्रह
Post by: काली on November 02, 2010, 09:15:37 PM
ha ha ha marey
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on November 02, 2010, 09:32:27 PM
Karib karib Kabita bhanda ni thik hola
Title: Re: गफिता संग्रह
Post by: काली on November 03, 2010, 02:54:41 AM
toee ta
Title: Re: गफिता संग्रह
Post by: महाँकाल on November 06, 2010, 01:34:08 PM
काली महिमा

ध्वाँसे अनुहारमा घसेर डेढ धार्नी कमेरो
रातभरी जाग्राम बस्ने मान्छे हो कि चमेरो
हे काली तिम्रो महिमा अपरम्पार छ,
कोटी कोटी प्रणाम अनी सलाम छ मेरो।


 sewadhog sewadhog sewadhog sewadhog
हे काली तिम्रो महिमा अपरम्पार छ,
कोटी कोटी प्रणाम अनी सलाम छ मेरो।
Title: Re: गफिता संग्रह
Post by: काली on November 07, 2010, 02:21:39 AM
तिमीलाई पनि मेरो सलाम छ महाँकाल ।
Title: Re: गफिता संग्रह
Post by: महाँकाल on November 08, 2010, 01:44:30 PM
तिम्रो सलाम फलाम् भन्दा नरम् रहेछ काली!
Title: Re: गफिता संग्रह
Post by: काली on November 08, 2010, 08:48:15 PM
भनेर भन्न खोज्या चै के होला :p
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on November 09, 2010, 08:46:53 AM
Salaam garne timro haat kapaas bhanda kadaa rahechha bhanna khojya hola
Title: Re: गफिता संग्रह
Post by: काली on November 09, 2010, 06:01:28 PM
हुन सक्छ है !!!
Title: Re: ????? ??????
Post by: khem grg on November 15, 2010, 04:52:06 PM
Kaliko gala suntala jasto bokrai nafali tetikai khau khau lagdo.
Spinyko gala pani dherai ramro
tara yek darjan pattey le khauriyer.
Nun khurshani amilo sanga moler khau khau jasto..
Title: Re:  
Post by: काली on November 15, 2010, 09:55:13 PM
lol
Title: Re:  
Post by: महाँकाल on December 12, 2010, 11:35:08 AM
suntalako bokra khane ???
ma ta syaauu po hola bhaneko ta!
Title: Re: गफिता संग्रह
Post by: काली on December 16, 2010, 04:06:56 AM
ye ...
Title: Re: गफिता संग्रह
Post by: महाँकाल on December 18, 2010, 06:41:53 PM
 :kiss
Title: Re: गफिता संग्रह
Post by: MUSICLINK on January 02, 2011, 06:19:56 PM
Aakhir gaaf nai ta ho
Title: Re: गफिता संग्रह
Post by: काली on May 17, 2011, 06:38:05 PM
पूर्णिमाको जून पनि अन्धकार यो राती लाग्छ
पिउदा पिउदै रित्तिएका प्याला सबै साथी लाग्छ
सिउदै गर्‍यो फाट्दै जाने जिन्दगीका पानाहरु   
आज भोली कुन्नी किन फाटेकै मन जाती लाग्छ :)))
Title: Re: गफिता संग्रह
Post by: स्पाईनी on May 17, 2011, 10:43:08 PM
आज भोली जिन्दगीमा दु:खको नै ताँती लाग्छ
दु:खको यो उकालीमा सुख धेरै माथी लाग्छ
मरुभुमी जिन्दगीमा शिशीरको जाडो छल्न
मन जलाई न्यानो खोज्ने कदम आत्मघाती लाग्छ
Title: Re: गफिता संग्रह
Post by: काली on August 12, 2011, 04:47:06 AM
गफिता लेख्छु भनेको फुर्दै फुरेन बरिलै  :Laughing:
Title: Re: गफिता संग्रह
Post by: महाँकाल on August 19, 2011, 01:28:05 PM
मैले पनि फुर्‍याईन हौ काली मोईसाब्
Title: Re: गफिता संग्रह
Post by: काली on December 28, 2011, 06:10:34 PM
toeee ta :Laughing:
Title: Re: गफिता संग्रह
Post by: महाँकाल on January 24, 2012, 02:58:39 PM
timi mare pani timlaaii kaal le chhodne chhaina! :kiss
Title: Re:  
Post by: काली on January 25, 2012, 02:35:23 AM
ah ho ra! Achammai bho ta baa he he. kaalle kabitaalai chaai Kina tyestarii maya maareko hola kunni! Can you tell me something about this re k Khit Khit Khit.
Title: Re:  
Post by: महाँकाल on January 26, 2012, 05:04:56 PM
जब जब कालीले काललाई माया मार्दछ,
कविता पनि मर्दछ रे
कविता जन्मनलाई
कालीकि सह- बास को जरुरी हुन्छ रे :kiss
Title: Re: गफिता संग्रह
Post by: काली on February 04, 2012, 03:07:23 AM
lau ho ra
Title: Re: गफिता संग्रह
Post by: महाँकाल on February 09, 2012, 04:19:19 PM
ho re!
Title: Re: गफिता संग्रह
Post by: काली on April 13, 2012, 01:16:11 AM
हैन हौ महाकालको कबिता हरायो सपाईनीको गफिता हरायो सोल्टाको दोहोरी हरायो कालीको मबिता हरायो रेसीको फोटो हरायो न्युरोडको छाता मात्रै बाँकी छ हे हे
Title: Re: गफिता संग्रह
Post by: महाँकाल on May 09, 2012, 08:31:15 AM
mahaakaal ko kavita harayeko hoina
new post nai chhaina ta
kasari post hos ta kavita!!
Title: Re: गफिता संग्रह
Post by: काली on September 02, 2012, 01:50:01 AM
झस्केर ब्युँझे अंधेरी रातहरुमा
चाहेर तिमीलाई पाउन गाह्रो भो
भूल्न खोज्छु तर मनमा तिमी छौ
कसम यो मन देखाउन गाह्रो भो ।
Title: Re: गफिता संग्रह
Post by: महाँकाल on September 06, 2012, 08:09:41 PM

भुलिदेऊ ति बियोगका कथाहरु
सम्झेर नबस मनमनै टाढीएर
सुत मयालु अंधेरी रातहरुमा
न्यानो अंगालोमा बाँधिएर
Title: Re: गफिता संग्रह
Post by: काली on September 07, 2012, 01:10:24 AM
अहोहो आशुकवि जी अरु पनि जाओस् न
Title: Re: गफिता संग्रह
Post by: महाँकाल on September 07, 2012, 02:26:54 PM
अंधेरी रातहरुमा तिम्रो यादहरु
आउछन्, मिठो सपना देखाउदै
उनि भने सात् समुन्द्र पारी
जिस्काउछन्, मेरो खिल्ली उडाउदै
Title: Re: गफिता संग्रह
Post by: काली on September 08, 2012, 12:46:56 AM
Wah waaah waaaah
Title: Re: गफिता संग्रह
Post by: khem grg on September 08, 2012, 01:47:33 AM
kun sabun le dhulau hajur

mero kapal ma pareko chha chayaa..

kun sansar ma  ramaudai xau timi

paina aaja voli  forum ma spiny ko chhayaa,,
Title: Re: गफिता संग्रह
Post by: काली on September 08, 2012, 02:17:38 AM
Tyei ta hai. Spiny le maya maaryo barilai!!
Title: Re: गफिता संग्रह
Post by: khem grg on September 08, 2012, 02:46:05 AM
Please spiny babu teti nirdya mann kina .. hamro maya lagdaina tapailai??????????? hoina ta kali jyuuuuuuuuuuuu