Author Topic: देवमान हिराचनद्वारा उमेदवारी घोषणा  (Read 440 times)

0 Members and 1 Guest are viewing this topic.

Offline sherpa

  • Root Admin
  • Project Manager
  • *
  • Posts: 673
  • Reputation : 28
  • Gender: Male
  • cyber samurai
    • Bridge to Nepal & Nepali
देवमान हिराचनद्वारा एनआरएन अध्यक्षमा उमेदवारी घोषणा



गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समति (NRN ICC) का उपाध्यक्ष देवमान हिराचनले आगामी अक्टोवरमा हुने एनआरएन आइसीसीको अध्यक्ष पदमा उमेदवारीको घोषणा गर्नु भएको छ ।

जापानमा रहुनु हुने देवमान हिराचनलको विज्ञप्ति
विश्वभर छरिएका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ NRN, अन्तर्राष्ट्रिय समन्वय समिति ICC, नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघद्वारा संयुक्त रुपमा आगामी अक्टोबरको दोस्रो साता चौथो विश्व नेपाली सम्मेलन आयोजना हुदैं छ । झन्डै सात बर्षदेखि सक्रिय यो विश्वव्यापी अभियानसामु नयाँ नेपाल निर्माण गर्ने महत्वपूर्ण र ऐतिहाँसिक जिम्मेवारी र दायीत्व थपिएका छन । गैरआवसीय नेपाली सम्बन्धी ऐन आइसकेको छ र त्यसको कार्यन्वयनका लागि नियमावलीसमेत तयार भई घोषणा हुने क्रममा छ । गैरआवसीय नेपाली संघ दर्ता भएपछि विगतका धेरै प्रतिबद्धता पूरा गर्ने नैतिक जिम्मेवारी थपीएको छ ।

जनताको वृहत प्रतिनिधिमूलक संविधानसभाद्वारा नयाँ संविधान लेख्ने क्रम शुरु भएको छ । सुन्दर, शान्त नेपालको समुचित राजनीतिक गन्तब्य निर्धारण, उज्जल आर्थिक भविष्य र स्वतन्त्र न्यायपूर्ण समाज स्थापना, चीरकालिक गरिवी, असमानता र अन्याय अन्त्य हुने संविधान निर्माणका लागि गैरआवसीय नेपालीको तर्फबाट खवरदारी गर्नुका साथै सहयोगसमेत गर्नु पर्छ । संविधानमा विभिन्न कालखण्डमा विदेश पुगेका नेपालीहरुले परिस्थितीजन्य बाध्यता र प्राविधक कारणले विदेशी नागरिकता लिनु परेका नेपाली र उनीहरुका सन्ततीलाई देशमा आकषिर्त गर्न दोहोरो नागरिकताको व्यवस्था गर्नु पर्छ र उनीहरुलाई नेपालमा सम्पत्ती राख्ने अधिकार आवश्यक छ ।

लगानीमैत्री वातावरण, दोहोरो कर प्रणालीको खारेजी, संघीय स्वरुपमा प्रवेश गर्दा ६० देखि ७० लाखभन्दा बढी अर्थात राज्यका करिब एक चौथाई विदेशमा बसोबासरत नेपालीको संवैधानिक हैसियत निर्धारण, उनीहरुले विदेशमा आर्जन गरेको ज्ञान, शीप, बौद्धिक र वित्तिय पूँजिलाई देशको पुनः निर्माणमा सदुपयोग गराई उत्पादनमूलक बनाउन आवश्यक उचित वातावरणको सिर्जना गर्नु पर्ने चुनौति पनि छन ।

गैरआवसीय नेपाली ऐन र नियमावलीको पूर्ण कार्यन्वयनमा जोड दिनु पर्ने एकातिर छन भने यिनमा सामयिक संशोधनका लागि पनि पहल गर्नु पर्छ । गैरआवसीय नेपालीलाई आफनो जिल्ला वा क्षेत्रमा पभावकारी रुपमा सामाजिक परियोजना संचालन गर्न उत्साहित गराउनु पर्छ । देशमा उद्योग, व्यापार र पूर्वाधार विकासका परियोजनामा लगानी गर्न प्रोत्साहित गर्ने र उच्चस्तरीय राजनीतिक प्रतिबद्धतालाई कार्यन्वयनमा उतार्न प्रशासन संयन्त्रलाई अग्रसर गराउनु पर्ने आवश्यकता छन । नयाँ नेपाल निर्माण गर्दा गैरआवसीय नेपालीको सहभागितालाई अधिक बनाउनु पर्छ ।

डा. महतोले दुई बर्ष अघि नै नेतृत्व छाडने घोषणा गरेपनि विदेशमा बस्ने हामी सबै नेपालीको सामूहिक अनुरोध स्वीकार गर्नु भएको थियो र संस्थाको छवि र महत्वलाई तेस्रो कार्यकालमा अझ बढी उचाइमा पुर्‍याउनु भएको छ । यो संस्थाको संरक्षकको रुपमा डा. महतोको योगदान अनन्तकालसम्म रहिरहने छ तर विधानको व्यवस्था अनुसार डा. महतोले नेतृत्व छाडनु पर्ने बाध्यकारी व्यवस्था छ ।

झन्डै सात बर्षसम्म उहासँग अत्यन्तै निकट भई काम गरेको अनुभवका आधारमा संंस्थाको भावी नेतृत्वका लागि मैले अध्यक्षको उम्मेदवारी घोषणा गरेको छु । समस्त गैरआवसीय नेपाली समुदायलाई मेरो उम्मेदवारीले उत्साहित बनाएको छ । अभियानको संस्थापक, संघ स्थापना भएपछि सन २००३ देखि नै कोषाध्यक्ष, एशिया पशान्त क्षेत्रीय उपाध्यक्ष, तेसो विश्व सम्मेलनको आयोजक समितिको संयोजक, क्षेत्रीय सम्मेलन बैंककको संयोजक र सिंगापुर बैठकको संयोजन गरीसकेको छु । अमेरिका, लण्डन, युरोप, अष्टेलिया, मलेशिया, बैंकक लगायत नेपालमा आयोजना हुने हरेक गैरआवसीय नेपालीका कार्यक्रममा भाग लिदै आएको छु । संस्थाको काममा बर्षको ५-७ पटक नेपाल पनि आउने गरेको छु ।

अहिले म विश्वव्यापी उपाध्यक्ष, गैरआवसीय नेपाली संघको कानुन तथा संस्था दर्तासमितिको संयोजक र एक गाँउ एक उत्पादन कार्यक्रमको समेत संयोजकको रुपमा कार्यरत छु । यीनै अनुभवका आधारमा मैले संस्थाको नेतृत्व गर्ने इच्छा व्यक्त गरेको हुं । सबैको उचित सहयोगको अपेक्षा गर्दछु।

देवमान हिराचन सँग दैनिकीको अन्तर्वाता
Be respectful with other members means no flaming, insulting, belittling, harassing or threatening in PMs and please don?t post rude, upsetting, offensive word   :scout_en:

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use