Author Topic: 'नेपालीलाई नयाँ वर्षको शुभकामना !  (Read 1022 times)

0 Members and 1 Guest are viewing this topic.

Offline ангел

  • Life 'N' aиg3l
  • *
  • Posts: 40215
  • Reputation : 204
  • Gender: Female
  • luv is like a heaven but hurts like a hell
    • http://samiel4ever.blogspot.com
नयाँ पत्रिका
काठमाडौं, १ वैशाख
2009-04-15,Wednesday

इतिहासमै पहिलोपटक नेपाली नयाँ वर्षमा अमेरिकी शुभकामना
 नेपाली नयाँ वर्षका अवसरमा अमेरिकी विदेशमन्त्री हिलारी रोधम क्लिन्टनले शुभकामना दिएकी छिन् । दौत्य सम्बन्ध स्थापना भएको ६३ वर्षको इतिहासमा अमेरिकी अधिकारीले नेपाली नयाँ वर्षमा शुभकामना दिएको यो पहिलोपटक हो ।
          विदेशमन्त्री क्लिन्टनले मंगलबार शुभकामना वक्तव्य जारी गरी नेपालीप्रति आत्मीयता प्रकट गरेकी छिन् । उनले नेपाली वाक्यांशमै लेखेकी छिन्— 'नयाँ वर्षको शुभकामना !'

'ओबामा सद्भाव चाहन्छन्, त्यसैले पहिलोपटक यस्तो सन्देश आएको छ’
हीराबहादुर थापा
प्रधानमन्त्रीका सल्लाहकार
हिलारीले नयाँ वर्ष ०६६ मा नेपाल शान्ति र समृद्धिको बाटोमा अझ अघि बढ्ने विश्वास व्यक्त गरेकी छिन् । 'तमाम असहमतिबीच पनि एकजुट हुने र खुसियाली मनाउने तपाईं नेपालीहरूको सहिष्णु संस्कारलाई म सलाम गर्छु,' हिलारीले भनेकी छिन् ।

अमेरिकी विदेशमन्त्रीले नेपालीसँग साझा समस्या समाधान गर्न सहकार्यका लागि पनि प्रस्ताव गरेकी छिन् । 'विश्व आर्थिक मन्दीको चपेटामा छ, हामी सबै मिलेर यस संकटलाई पार लगाउन सक्नेछौँ,' उनको विश्वास छ ।

'नयाँ वर्षका अवसरमा भावनात्मक सन्देश दिएर हिलारीले नेपालसँगको सम्बन्धलाई मधुर बनाउन खोजेकी छिन्,' कूटनीतिक विश्लेषकहरूको टिप्पणी छ ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हीराबहादुर थापा विश्व समुदायप्रति बढी उदार र खुला हुने ओबामा प्रशासनको नीतिअनुसार नै हिलारीको सन्देश आएको बताउँछन् । 'ओबामा सद्भाव बढाउन चाहन्छन्, त्यसको संकेतस्वरूप पहिलोपटक यस्तो सन्देश आएको छ,' थापाले नयाँ पत्रिकासित भने ।

कूटनीतिज्ञ डा. जयराज आचार्य दक्षिण एसियामा प्रभाव बढाउन प्रयासरत अमेरिकाले त्यसमा नेपालको महत्त्व बुझेर अझ आत्मीय बन्न खोजेको ठान्छन् । 'अमेरिकाले नेपालको महत्त्व बुझेको छ, तर प्रभाव हैकमले होइन, सद्भावले बढाउन खोजेको छ,' उनले भने ।

'अमेरिकासँग कटु पृष्ठभूमि बोकेको माओवादी नेतृत्वको सरकार भएका वेला आएको यस सन्देशले अमेरिका माओवादीसँग सहज बन्न खोजेको संकेत दिएको छ,' डा. आचार्यले भने, 'माओवादी नेतृत्वको सरकार नेपालको यथार्थ हो, यसमा अमेरिकाले सकारात्मक नहुनुपर्ने कारण पनि छैन ।'
त्यसो त हिलारीको नेपालप्रतिको व्यक्तिगत सद्भावले पनि धेरै काम गरेको डा. आचार्यको विश्लेषण छ । सन् १९९५ मा तत्कालीन अमेरिकी प्रथम महिला हिलारी छोरी चेल्सीका साथ नेपाल आएकी थिइन् । नेपाल भ्रमण गर्ने उनी एक मात्र अमेरिकी प्रथम महिला हुन् ।

'हिलारीबाहेक कुनै पनि अमेरिकी राष्ट्रपतिका श्रीमतीले नेपाल भ्रमण गरेका छैनन्, नेपालप्रति उनको सद्भाव यसैबाट पनि प्रस्ट हुन्छ,' डा. आचार्यले टिप्पणी गरे, 'हिलारीको व्यक्तिगत स्वभाव वा ओबामाको रणनीति जे कारणले भए पनि अमेरिका नेपालसँग सम्बन्ध बढाउन चाहन्छ, यो नै सकारात्मक हो ।'
               

It Only Takes a Few Seconds To Hurt people You Love & It Can Take Years To Heal

Offline स्पाईनी

  • Best Contributor
  • *
  • Posts: 16642
  • Reputation : 168
  • Gender: Male
Hillary Clinton's New Year Msg to Nepalese People
« Reply #1 on: April 17, 2009, 12:03:41 AM »
Nepali New Year (Bikram Sambat) Message
Hillary Rodham Clinton

Secretary of State

Washington, DC

April 13, 2009

To all those around the world who share common Nepali cultural and linguistic traditions,
I send best wishes for a happy 2066. I hope that in this New Year, Nepal will continue on the path to peace and prosperity.

As you welcome the New Year, I salute the spirit of tolerance and shared heritage that brings Nepalis together regardless of their differences on this day to celebrate and exchange good wishes.

All New Year celebrations reflect the hope of new beginnings. As the world faces the greatest economic challenges in generations, we all must stand together to embrace the New Year’s promise of rebirth and renewal.


Naya Barshako Suba-Kamana!


http://www.state.gov/secretary/rm/2009a/04/121600.htm
असम्भब छ जिन्दगी, जिउने कुनै रहर देउ
मृत्यु बरु सहिदिन्छु, अञ्जुलीमा जहर देउ ।

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
Re: Hillary Clinton's New Year Msg to Nepalese People
« Reply #2 on: April 17, 2009, 12:26:03 AM »
mero pani Nayabarshako shubhakamana chha hillary lai... feri arko BinLaDenko Janma nahos Americama.

Offline ангел

  • Life 'N' aиg3l
  • *
  • Posts: 40215
  • Reputation : 204
  • Gender: Female
  • luv is like a heaven but hurts like a hell
    • http://samiel4ever.blogspot.com
k thaha here raki chin ki yeha :laukha:
It Only Takes a Few Seconds To Hurt people You Love & It Can Take Years To Heal

Offline anaRCHy

  • *
  • Posts: 10690
  • Reputation : 85
  • Gender: Male
  • Que sera, sera.
Ke herirako bhanna khojeko Angel ley.

Offline ангел

  • Life 'N' aиg3l
  • *
  • Posts: 40215
  • Reputation : 204
  • Gender: Female
  • luv is like a heaven but hurts like a hell
    • http://samiel4ever.blogspot.com
kali di ko msg........
It Only Takes a Few Seconds To Hurt people You Love & It Can Take Years To Heal

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use