Author Topic: काठमाडौँमा बम बनाउने कारखाना  (Read 824 times)

0 Members and 1 Guest are viewing this topic.

Offline dYnasTy

  • *
  • Posts: 13642
  • Reputation : 27
  • Gender: Male
  • dYnasTy SumaN
प्रहरीले राजधानी मै पहिलो पटक बम बनाउने कारखाना फेला पारेको छ। काठमाडौँको बसुन्धरा डिपार्टमेन्ट स्टोर रहेको घरमा आज राति छापा मार्ने क्रममा रकेट लञ्चरसहितका बमहरु फेला परेका हुन्। सोमबार बसुन्धरास्थित इसानी नर्सिङ होमअगाडि कार बम विस्फोट गराएको अभियोगमा पक्राउ परेका विष्णु शाहको बयानको आधारमा प्रहरीले शुक्रबार राति उनी बस्ने गरेको ठाउँमा छापा मारेको थियो। छापा मार्ने क्रममा उनी बस्ने गरेको कोठा नजिकै रकेट लञ्चर, बाल्टिन बम, क्यासेट बम, सकेट बम लगायतका विस्फोटक पदार्थ भेटिएको एसएसपी रणबहादुर चन्दले नागरिकन्युजलाई बताए। प्रहरीको बम डिस्पोजल टोलीले राति अबेरसम्म विस्फोटक पदार्थ डिफ्युज गरेको थियो।
शाह सोही डिपार्टमेन्ट स्टोरका कर्मचारी रहेको प्रहरीले बताएको छ।

सोमबार भएको कार विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले २१ वर्षीय शाह लगायत सिन्धुली महादेवस्थानका २८ वर्षका दीपक विश्वकर्मा र बसुन्धरा मै रहेको राजु कोल्ड स्टोरका सञ्चालक वर्ष ३० का राजु खत्रीलाई पनि पक्राउ गरेको थियो।

कार विस्फोटको जिम्मा स्वतन्त्र नेपाल दल नामको यसअघि चर्चामा नआएको दलले लिएको थियो।


 
को हुन् विष्णु शाह?
प्रहरीले विष्फोटक पदार्थ कारमा राखेर अस्पताल अगाडि पठाउने प्रमुख व्यक्तिको रुपमा बिहीबार सार्वजनिक गरेका २१ वर्षका युवक हुन् विष्णु शाह। उनको मुलघर दाङ हो। तर, ६ वर्षको उमेरदेखि नै उनी बसुन्धरामा बस्दै आएका छन्। त्यहीँको एक सपिङ मलमा काम गर्ने शाह केवल चार कक्षासम्म अध्ययन गरेको प्रहरी अनुसन्धानले देखाएको छ। बयानमा उनले विष्फोटक पदार्थ पसलमा पटका जम्मा पारेर त्यसको बारुद झिकेर बनाएको बताएका छन्। बारुदबाट बम बनाउन अंग्रेजी फिल्म हेरेर सिकेको उनले बताएका छन्।

विष्फोट लगत्तै प्रहरीले सिन्धुली महादेवस्थानका २८ वर्षका दीपक विश्वकर्मालाई पक्राउ गरेको थियो। उनी जलेको कारका चालक हुन्।  बसुन्धरामामा रहेको राजु कोल्ड स्टोरका संचालक वर्ष ३० का राजु खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। राजु र विश्वकर्माबाट कारमा पेट्रोल र बक्सा शाहले राख्न दिएको बयान दिएपछि प्रहरी उनको खोजीमा जुटेको थियो। तर, उनी उपत्यका बाहिर भागिसकेकाले तत्काल पक्राउ भने परेनन्। प्रहरीले उनी धादिङ पुगेको खवर पाएपछि धादिङ पुगेर प्रहरीले शाहलाई हिरासतमा लिएको हो।
SumaNiL ruleZ'

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
के हुन्न र हाम्रो नेपालमा ! नराम्रो काम जति सप्पै यही हुने रैछ । धिक्कार छ हाम्रो नेपाल र हामी नेपाली ।

Offline Eastern Media Solution

  • *
  • Posts: 6397
  • Reputation : 29
Ho ta tyahi ta gaurav bhaneko :D
A Complete Solution of Digital Printing

Offline dYnasTy

  • *
  • Posts: 13642
  • Reputation : 27
  • Gender: Male
  • dYnasTy SumaN
j hosh nepal le ni kei na kei ta banauna janeko raicha
SumaNiL ruleZ'

Offline एनी

  • *
  • Posts: 506
  • Reputation : 5
  • Gender: Female
  • We Love Nepal
    • welcome welcome welcome
maile pani tv ma hereko thiye....

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use