Author Topic: फेसबूकको कविताहरु!  (Read 2468 times)

0 Members and 1 Guest are viewing this topic.

Offline महाँकाल

  • *
  • Posts: 1149
  • Reputation : 23
  • Gender: Male
  • Born To KiLL....
फेसबूकको कविताहरु!
« on: April 12, 2011, 08:54:48 PM »
कविता-यात्रा facebook

~Astha Chhetri

नयाँ साल तिमी आउ ******
नयाँ सौगात ,कोसेली ,शुभेक्षा लिएर आउ
निस्पट्ट अन्धकारमा भट्किएका हामीमा
ज्ञानको उज्ज्वल किरण छर्दै आउ |

नयाँ साल तिमी आउ *****
आत्मबल ,अध्यनशिल्ताको ज्योति छर्दै आउ
साम्प्रदायिक भेदभाव लिएर होइन
मानवताको आदर्श भावना लिएर आउ |

नयाँ साल तिमी आउ *****
बिकास ,चेतना ,ज्ञानको ढुकुटी भर्दै आउ
युद्धको विभिषिका लिएर होइन
न्याय अहिंसा र शान्ती लिएर आउ
युद्ध होइन अब देशमा शान्ती ल्याँउने
बुद्ध लिएर आउ ,बुद्ध लिएर आउ ||

( अन्जुलीभरी फुल टिपी मिठो स्वागत नयाँ साललाई )

***********************************

२०६७ को लागि,
यो बर्षमा धेरै सिकें, जिउन जिन्दगी,
नशा बनाई खुशीसँग,पिउन जिन्दगी,
जहाँ पनि जीत भेटें,आशु पनि जित्दा झर्यो,
फाटे पनि मनले सिकें, सिउन जिन्दगी,
यो बर्षमा धेरै सिकें, जिउन जिन्दगी,
नशा बनाई खुशीसँग,पिउन जिन्दगी !!

२०६८ को लागि,
जे जे आउँछ बाटो भरी सामना गर्न सकूँ,
फेरी पनि जीतै जीतको चाहाना गर्न सकूँ,
सब्लाई आफ्नो ठानेको छु मनमा बास सबको मेरो,
बर्षौं बर्ष यस्तै सबको कामना गर्न सकूँ,
जे जे आउँछ बाटो भरी सामना गर्न सकूँ,
फेरी पनि जीतै जीतको चाहाना गर्न सकूँ !!

गिरी सरोज
*************************************

नया वर्षको शुभकामना

नया वर्षको नाममा,
वर्षौदेखी,
हरेक वर्ष,
...अनेकौ नया वर्ष मनाई - मनाई,
शान्ति, सम्वृद्दी र सुस्वास्थ्यको कामना लिदा-दिदा,
वर्षेनी हरिकंगाल भइसकियो,
अब नया वर्षको पनि केही आश छैन,
यसपाली त ,
पुरानै वर्षका सुख- शान्ति अल्या गरेर लैजाने तयारी गर्दै छु /

~Birkha Chhetri


The Sound Of Silence

Offline महाँकाल

  • *
  • Posts: 1149
  • Reputation : 23
  • Gender: Male
  • Born To KiLL....
Re: फेसबूकको कविताहरु!
« Reply #1 on: April 12, 2011, 09:13:29 PM »

कविता-यात्रा facebook

~Manu Lohorung
~इजरायलमा रहँदा मेरो देश र लुंग्वाको झल्को~

हौ लुंग्वा!
अर्धचेत ओढेर निदाएछौँ
र हामीलाई समयले नै थिचेछ।
आफ्नो देश्को प्रत्येक सिमाहरुमा
हर बिहान मुट्ठी उज्याएर चिच्याउने
इजरायलीहरु देखेर म ब्युँझिदैछु।
डर लाग्दो सपनाको झस्को-
अर्धचेतन विष्फोट/उन्मुख चेतनको बज्र
यो औंशीले ढाकेको सन्त्रासको चिहनमाथी
चार प्रहर छुट्ट्याउन-
कर्तव्यको खोंगीबाट उघारेर छोडी दिन्छु-
म युग बास्ने आधुनिक भाले!

हौ लुंग्वा !
मगमगाउँदो तिम्रो मिक्चिरिम्मा फूल-
आहा !सुवासमा-परागमा
अचेल भरि-भरि रागमा
जैतुनको डाँडामाथि घाम जूनले चुम्बन गर्छन्।
ठिक ! उहीबेला,
मनको ढाकरमा स्वऐन्द्रिक सामल कोचेर
गोर्की समयको भन्ज्याङ काट्न
जिन्दगीलाई धकेल्दै अक्कर चढ्दो छु।
 
हौ लुंग्वा !
बेथहेलेम् शहरको छातीमाथि
अब्राहमको समाधी र जिजसको शिलाकृति सुम्सुम्याउदा
ठाउँको ठाँउ शहिद भएका अनाम देशपुत्रहरुलाई सम्झिएँ।
कि अर्थको एक छेस्को आशा बोकेर
पस्चिमपर्खालमा निधारले अढेस लाउँदा
यहूदीहरुले अड्कल काटेको मेरो फीलिपिनी अनुहार-
तर आफ्नै अभिमानले अभिशप्त म "नेपाली"
महाकाली र दशगजाको सिमातिक्रमण सम्झिदै गर्दा
पेलेष्टिनीहरुको बारुदको धुँवामा देशरक्षाको अदम्य साहास देख्छु।

हौ लुंग्वा!
स्वभिमानको कात्रो ओढेर
मेरो निमेशको भारी फर्छ्यौटको नारा कानमा गुन्जिदा
आँखाका दृष्टिहरु सुक्खा पाउरोटी चपाउँदै गरेका
आधुनिक कृषकहरुको हूलमा पुग्छ।
गेगरभूमि माथि फलेका अंगुरका झुप्पाहरु-
मेरा आँखाको बाईरोड हुँदै आधुनिक सिप
दिमागी भ्यालीमा प्रवेश गर्छन्।

तेसो र लुंग्वा!
हाम्रो त टेरेलिनको गिदी रहेछ।
मार्सीधानको भाते आईरन लागेको-
जैतुनको दानाले छाक बस्ने यहूदीहरुसंग
भोकको सन्तुष्टि सिक्दैछु।
 
कठै! मेरो पाँगो माटो-शालिग्रामको खानी-
भूगर्भिक सुनको बोट धुरुधुरु रोईरहेछ ।
-सिमानामा ब्लकृत आमाको छाती-
सम्वेदना-आधुनिक चिन्तक र चिन्तनको खाँचोमा
-तेसो -ले
हौ लुंग्वा !
अब ! सन्चेतना र विश्वशको झुलो चक्मकले
आफ्नै दिमाग र पाखुराहरुमा आगो झोस्छु ।
The Sound Of Silence

Offline महाँकाल

  • *
  • Posts: 1149
  • Reputation : 23
  • Gender: Male
  • Born To KiLL....
Re: फेसबूकको कविताहरु!
« Reply #2 on: April 12, 2011, 09:15:30 PM »


कविता-यात्रा facebook

कस्को दोष
कनुनविहीन देशमा
गल्ति गरेवापत
सजाय भोग्नु पर्दैन
त्यसैले त्यहाँ बार बार
हजार बार गल्ति गरिन्छ

शिक्षाको नाममा
दुर्व्यसनी बाँडिन्छ
स्वाभिमानताको
नाममा गल्त
प्रचार प्रसार गरिन्छ

राष्ट्रिय जनावर बाघ
राष्ट्रिय चरा मयूर
राष्ट्रिय फूल कमल
भनि चिनाइछ

बालशुलभ दिमागलाइ
गल्त संस्कारको
पक्षघातले फितलो बनाइ
अब्बल दर्जाको
शिक्षक कहलाइछ

तर पनि रत्तिभर
ग्यालानीबोध हुदैन
कति लाजमर्दो कुरा

कति सहजै
विज्ञापन दिने गरिन्छ
हाम्रो स्कूलमा
नानीहरुलाई
देश र राष्ट्रप्रती
इमान्दारी हुनुपर्छ
भन्ने पाठ सिकाइन्छ

आफू भन्दा सानालाई
माया र ठुलालाई
आदर सत्कार गर्न
सिकाइन्छ

कति लाजमर्दो कुरा

हुन त त्यहाँ लाज
पचाउन के गाह्रो
जहाँ संरक्षणकर्तानै
कानमा तेल हाली
आनन्द मानेर
निदाइरहेका हुन्छन् भने


गीता थापा (दोषी)
The Sound Of Silence

Offline महाँकाल

  • *
  • Posts: 1149
  • Reputation : 23
  • Gender: Male
  • Born To KiLL....
Re: फेसबूकको कविताहरु!
« Reply #3 on: April 12, 2011, 09:19:34 PM »

कविता-यात्रा facebook
~Jhalak Acharya!

यो देश …………...

तिमीलाई
कसैले हिर्कायो?
होइन

गाली गर्यो?
होइन

कसैले जिस्कायो?
होइन
खिल्लि उडायो?
होइन

कसैले बदनाम गर्यो?
बदनाम गरेको होइन
कसैले धम्क्यायो?
अँह! धम्क्याएको होइन
अनि किन उदास?
किन अध्यारो छ तिम्रो अनुहार?

म चुपचाप उभिरहे

त्यसपछि
मलाई अंगालो हाल्दै
टट्कारो स्वरमा बोल्नुभयो

अब मुठ्ठी कस्नु पर्छ छोरा
यो देश
हामी भोकाएकाहरुको पनि हो l
The Sound Of Silence

Offline महाँकाल

  • *
  • Posts: 1149
  • Reputation : 23
  • Gender: Male
  • Born To KiLL....
Re: फेसबूकको कविताहरु!
« Reply #4 on: April 12, 2011, 09:21:29 PM »


कविता-यात्रा facebook

~मातृका पोखरेल
       सर्त

म तयार छु–
उनीहरूको पछि लाग्न
तर उनीहरूसँग आँखा हुनुपर्छ
म साँच्चै तयार छु
उनीहरूको पछि लाग्न
तर उनीहरूसँग
शिखर चढ्न तयार
सबल खुट्टा हुनुपर्छ
म वर्षौंदेखि खोजिरहेछु
अघि हिँड्ने मानिसहरूका
झर्झराउँदा आँखाहरू
र, सबल खुट्टाहरू ।

हो मैले नमानेकै हो–
अन्धाहरूको पछि लाग्न
र, मैले नमानेकै हो
लङ्गडाहरूलार्इ दौडमा छनोट गर्न
धेरै पटक जनाएको छु असहमति
र, फेरि लेखेको छु यो कविता ।

म तयार छु–
उनीहरूको पछि लाग्न
तर मैले खोजेकै हो
उनीहरूसँग
सुदूर यात्राको सङ्कल्प ।
The Sound Of Silence

Offline महाँकाल

  • *
  • Posts: 1149
  • Reputation : 23
  • Gender: Male
  • Born To KiLL....
Re: फेसबूकको कविताहरु!
« Reply #5 on: April 12, 2011, 09:23:21 PM »

कविता-यात्रा facebook

नयाँ वर्षको सिलसिलामा एक गजल
— बालकृष्ण थपलिया

पोहोर होस् या अहिले साल उस्तै उस्तै
बन्दुक जस्ले बोकोस् नाल उस्तै उस्तै

सरकार धेरै फेरियो भाषण थरि थरि
न हासको न कुखुराको चाल उस्तै उस्तै

एउटै आकाश एउटै धर्ति विश्व कहाँ पुग्यो
युगौ देखि दरिद्र छौं नेपाल उस्तै उस्तै

क्रान्ति गर्न माहिर छन् हाम्रा महान् नेताहरू
दाहाल, यादव, कोइराला या खनाल उस्तै उस्तै

सहमति सहकार्य एकता भन्न छाड्दैनौ
जति कुरा गरे पनि ताल उस्तै उस्तै

सबैले जित्ने युद्व रैन छ कि कुनै ?
जितोस् कस्ले? शकुनि को जाल उस्तै उस्तै

सहिदका कुरा विष्र्यौ ठाउँमा पुगे पछि
आयौ सडकमा ! ? गाल उस्तै उस्तै

सरकारमा जति बस्छौ बन्द गर्न हुन्न भन्छौ
जब आउछौ सडकमा बबाल उस्तै उस्तै

संसारका मजदुर एक हौं भन्छन् गरिखाने
कोही सरकारमा कोही सडकमा लाल उस्तै उस्तै

छक्कापञ्जा गरेदेखि सत्ता जोकर बन्छ भन्छन्
जुट पप्लु फँरास म्यारिज खाल उस्तै उस्तै

मालामाल भएका छन् कुरा मिलाउन जान्नेहरु
उन्को गर सुन्को दलाल उस्तै उस्तै

शान्ति सुरक्षा विकास कहिले हुने पूरा
न भुतो न भविष्यति काल उस्तै उस्तै

भत्काउन त भत्कायौ बनाउन सकिएन
सामन्ती या बर्लिनका पर्खाल उस्तै उस्तै

मान्छे भई जन्मे पछि बाच्न पाउनु पर्छ
यताको या उताको कङ्गाल उस्तै उस्तै

गर्नु ग₯यो विज्ञानले बनाएन औषधि मुर्खको
मुर्खसँग के लाग्छ ? चण्डाल उस्तै उस्तै

तोड्न खोज्यो षडयन्त्रका तानाबानाहरु
जति गरे पनि बलिया छन् संजाल उस्तै उस्तै

जाँगर भए पढे हुन्छ निस्केका छन् कृतिहरू
सोच, यात्रा अन्तरमनको टँुडाल उस्तै उस्तै

निमको रुखमा सायद गुलियो फल्दैन
घिरौला या अङ्गुर लगाउ झाल उस्तै उस्तै

माथिकाले त ठगे ठगे ठग्यो प्रकृतिले
सुनामी होस् या कोशीको छाल उस्तै उस्तै

कर्म गए बर्मा संगै भन्छन् बुढापाका
जहाँ जाऊ मुग्लान या बंगाल उस्तै उस्तै

तिमी जहाँ बस बालुवाटार वा जाजरकोट
छामी हेर एक पटक कंकाल उस्तै उस्तै

मिलन ,दिनेश जीवनहरू पुगेअरे माथि माथि
जो जहाँ पुगे पनि बाल उस्तै उस्तै

बर्षै भयो घर छाडेको के गरिस् प्रगति ?
नसोध खवर बालुको हाल उस्तै उस्तै
The Sound Of Silence

Offline माया

  • Best Member
  • *
  • Posts: 4544
  • Reputation : 80
  • Gender: Female
  • the moment changed my life...
Re: फेसबूकको कविताहरु!
« Reply #6 on: April 12, 2011, 09:32:56 PM »
wow kavita ko varsh yeha po
naya varsa ko sabailai suvkamana!
You want but you compromise, that’s life.
You want & you wait & you don’t compromise
THAT IS LOVE

Offline महाँकाल

  • *
  • Posts: 1149
  • Reputation : 23
  • Gender: Male
  • Born To KiLL....
Re: फेसबूकको कविताहरु!
« Reply #7 on: April 12, 2011, 09:48:47 PM »
facebook कविता-यात्रा
~Nava Raj Kandel

धरतीमा सन्ध्या ओर्लिएको रात
त्यो रात मैले मुक्तक कोरिनँ
त्यो रात मैले गजल लेखिनँ
त्यो कविताको भीडबाट टाढिएको रात
एउटा क्रुर रात
जहाँ जिउन चाहने मुनाहरुको
जिजीविषा निमोठिएको रात
दर्केको पानीमा चिसो स्याँठबाट
ओत नपाएको रात
एउटा निस्तब्ध रात
चुपचाप मुखमा किला ठोकेर
तान्डवी न्रित्य हेरिरहेको रात!



पहिरो भत्किएर उदास भएको पहाड जस्तै
मन पनि खोंचतिर खसिरहेको रात
फक्रिएर पाखाभरि राताम्य भएको गुराँस झैं होइन
मन कक्रक्क कक्रिएर घोर आशंकामा पसिरहेको रात
त्यो रात- तिम्रो मुटुमा राष्ट्रियता मरेको रात
त्यो रात- विचारको शिखरबाट तिमी झरेको रात
हो, त्यो रात- मलाई निद्रा लागेन, लाग्दै लागेन
केवल तिम्रै यादले सताइरह्यो
तिम्रो निश्चल मुस्कानले झकाइरह्यो
तर आश्चर्य!
तिमी बदलिएको रात
कुरुपतातिर तिमी जकडिएको रात
र, एउटा चेतनशील मस्तिष्कमा
कर्फ्यू लागेको रात
मेरो अगाडि यतिबेला
अतीतका पानाहरु पल्टिरहेछन्
र, देखिरहेछु- तिमी ब्युँझिएको रात
सम्झिरहेछु- कुनै घोर निद्राबाट
तिमी जुर्मुराएको रात
त्यो रात
दिगन्त बन्न सकेन तिमीमा
जीवन्त बन्न सकेन तिमीमा
र, भासियौ तिमी
कहिल्यै नउठ्नेगरी स्वार्थको भासमा
टाँसियौ तिमी
तिम्रै स्वतन्त्रता गुमेको
त्यो सर्वदा नक्कली आकाशमा
र, चिन्न सकेनौ
गर्वले छाती फुकेको रात
नेपालआमाका सजल नयनहरुमा
सधैंका लागि आसुँ सुकेको रात!


तिमी बन्न सकेनौ त्यो उपन्यास
जो सदियौंदेखि भोक, रोग, अशिक्षा
र, गरिबीमा पिल्सिएर पनि
आफ्ना हाडका बज्रहरुले पहरा फोरेर
आफ्नै मुटु निचोरेर
रुखो धरतीलाई हराभरा पारेर
दुनियाँको प्राण धानिरहेका श्रमिकहरुको
पसिना लुटेर रजाइँ गर्ने
लुटेराहरुका खिलाफमा कोरियोस्
पहिल्याउन सकेन तिम्रो मुक्तकले
कि, संसारमा सबैभन्दा बलिया हातहरु भनेका
न्यायका लागि उठेका हातहरु हुन्
जान्न सकेन तिम्रो हाइकूले
अठार घण्टा पसिना चुहाउनेहरु
आफ्नो श्रमबाट ठगिएको बेला
जागरणको हरफ बन्नुपर्छ
र, बन्न सकेनौ तिमी त्यस्तो कविता
जो तान्डवन्रित्य मच्चाएर
न्यायको मजाक उडाउनेहरुका खिलाफमा
नेपालआमालाई बलात्कार गरेर
विजय उत्सव मनाउनेहरुका विरुद्ध विष्फोट होस्
बन्न सकेनौ तिमी गजलको त्यो सेर
जो तथाकथित आधुनिकताको खुनी पन्जाबाट
नांगिरहेको तिम्रो पुस्ताको शरीरमा
लाज ढाक्ने एकसरो कपडा बनोस्!


त्यसैले त्यो रात
मैले मुक्तक कोरिनँ
न त मैले कविता लेखेँ
एउटा क्रुर रात
भयानक रात
निस्तब्ध रात
विचारको शिखरबाट तिमी झरेको रात
तिम्रो मुटुमा राष्ट्रियता मरेको रात
धरतीमा सन्ध्या ओर्लिएको रात!
The Sound Of Silence

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
Re: फेसबूकको कविताहरु!
« Reply #8 on: April 13, 2011, 04:20:58 AM »
FaceBook ma Mahakalko kabita chai kahile aauchha?

Offline महाँकाल

  • *
  • Posts: 1149
  • Reputation : 23
  • Gender: Male
  • Born To KiLL....
Re: फेसबूकको कविताहरु!
« Reply #9 on: April 13, 2011, 07:23:30 PM »
jaba kaalee ko book mahakaal ko face hunchha ! :write
The Sound Of Silence

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
Re: फेसबूकको कविताहरु!
« Reply #10 on: April 14, 2011, 12:47:50 PM »
Like :Laughing:

Offline महाँकाल

  • *
  • Posts: 1149
  • Reputation : 23
  • Gender: Male
  • Born To KiLL....
Re: फेसबूकको कविताहरु!
« Reply #11 on: April 26, 2011, 09:12:31 AM »
Ram Gopal Ashutosh
लक्ष्मणरेखा

आमा
प्रायः आफू
सन्त्रास र अन्धकार भूमरीमा जून हराएको अनुभव गर्छु
किन प्रश्न निरुत्तरित !

हिजोसम्म
साहस थिएन प्रहार गर्ने विपरित प्रतिकृयाको क्याराभान तेर्सिन्थ्यो
तिम्रो मर्यादा र ममत्वको लक्ष्मणरेखा !

आमा
म विवश किन छु
यो औतारी बाँच्ने
पाखण्डी पण्डित र मठाधीश दलदलमा धसिँदै जान
म अभिशप्त किन छु
सुनामी क्याट्रिना र सोमालिया राज्यद्वारा
मेरो सार्वभौम अधिकार
मेरो सौन्दर्यबाट छेकिन

आमा
विन्ति कर नगरिदेऊ
नाकमुनि मेरो अस्तित्व पुर्ने
महेन्द्रमाला झोला बोक्न आमा
विन्ति मलाई
पढ्न जा नभनिदेऊ
शान्ति संविधान र समताविहीन
आडम्बर र हिंसाको यो पूँजी पाठशालामा ।

म सडकमा,सदनमा, हल, पसलकवलमा
क्रान्तिका शब्दमानव विक्रीमा देख्छु कैफियतमा
शान्तिकामी जनाएर
आवरणमा क्रान्तिकारी बाँचेर
काठमाडौँका चोक-गल्लीलाई सराप्दै
सत्तापूजारी र झोले-तलुवेहरु त
टोलीका टोली काठमाडौँ बाँच्दो छन् ।

हिजो मैले पुज्ने मेरा दाजुहरु
मैले आदर गर्ने मेरा पिताहरु
किन दुस्सासन र धृतराष्ट्र हाँसिरहन्छन्

युग परिवर्तन किन
रुपान्तरण किन होइन ?

यो पूँजी बजारमा
किन निःशब्द रुवाइ आमा
किन शान्ति संविधान
र समता अभिषप्त छन् दुस्सानको पाउ मोल्न
किन विवश छ
मौलिक हक धृतराष्ट्रहरुको अन्धकार मोह हाँस्न

यो रैथानै फूलहरूको तपोभूमि
यो कर्मठ आदिबासी बगैँचामा
न घामले ताप दिन्छ
न क्रान्तिले राप दिन्छ ।

न साधु साधुजस्तो
न शासक शासकजस्तो
अप्ठ्यारोमा फलेको फर्सीजस्तो
असमय फुलेको
लालीगुराँस कत्ति सुहाएन ईश्वरको पाउमा
जसरी सुहाएको छैन
पद, सम्मान र नाम
वर्तमान यथास्थितिका पुजारीहरुलाई ।

म भन्छु
पर्खाल हो शब्दले ढल्दैन
म उज्याउँछु हथौडा
र भत्काउन खोज्छु पर्खाल
मेरो क्रान्तिकारी मौलिक भूमिमा
उनीहरु प्रतिक्रान्तिको आरोप रोप्छन्
म शान लाउँछु हँसियामा
र खोज्छु सखाप पार्न बनमारा झार
मेरो इमानदारीको कुमारी खेतमा
उनीहरु देशद्रोहको आरोप फलाउँछन् ।

भो आमा
मेरो अडान
शान्ति र संविधान मात्र होइन मेरो अडान
समतामुलक राज्य र समावेशी आकाश मात्र होइन
मेरो अडान
सम्मुनत तपोभूमि हो
सहअस्तित्व सहकाल इन्द्रेणी अभिभाज्य सार्वभौमसत्ता हो

सक्छौ झुन्ड्याउन
मेरा भाइ दाजु र पिताहरुको घाँटीमा
इन्द्रजित कुम्भकर्ण र रावणको बिल्ला !!
सक्दैनौ
कोरिदेऊ लक्ष्मणरेखा
र लेखिदेऊ बसियत
मेरो आदि बगैँचा हिरण्यकश्यपूको नाममा
कोरिदेऊ लक्ष्मणरेखा
र राजीनामा पास गरिदेऊ
मेरो रैथाने पहिचान तारकासुरको नाममा वा लेखिदेऊ
मेरो ललाटमा आउटसाइडर

सक्दैनौ भने बिन्ति आमा
मलाई पढ्न जा नभनी देऊ
रङ्गहीन आडम्बरी
र हिंसाको यो पूँजी पाठशालामा

मेरा आदिबासी र म
रैथाने कर्म काफी छौँ लेख्न
हाम्रो आयातकार चारपाते छातीमा
शान्ति, संविधान र समाबेशी नाम
इन्द्रेणी राज्य अज्ज्येय नेपाल …………॥

******************************
comment
~Mahakaal
 शिर्षकबाट अलि अलि बाहिर हुत्तिदै पनि आफ्नै धारमा बग्न खोजेको छ कविता!
पाठशाला पढ्न जाउ भन्ने आमा र लक्ष्मण रेखा बिच् समन्वय नभएको जस्तो लाग्यो
कविताको टुङ्गो लगाई पनि शिर्षक अनुसार्, सुरुवात अनुसार अन्त्य भएको जस्तो पाइएन!
यधपि कविताको तारिफ नगरि रहन सक्दिन!
The Sound Of Silence

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
Re: फेसबूकको कविताहरु!
« Reply #12 on: April 26, 2011, 02:38:45 PM »
LIKE :Laughing:

Offline khem grg

  • *
  • Posts: 2953
  • Reputation : 10
  • Gender: Male
  • तिम्रो मुस्कानले नै मेरो संसार हस्ने छ
Re: ???????? ????????!
« Reply #13 on: April 27, 2011, 07:35:54 AM »
Hoina mahakal bro...yo fessabuk...ma yesto ...nayak banera...harip harip..composerko...pi6e pi6e...elu elu...4akar...ke6...la la ramro kabita...c/p garekoma...timilai...meni meni thankq...bro...
Someday you'll cry for me,,,Like i cried for you
Someday you'll miss me,,,,,  Like i missed you
Someday you'll need me ,,,,, Like i needed you
Someday you'll love me,,, But i wont love you

Offline महाँकाल

  • *
  • Posts: 1149
  • Reputation : 23
  • Gender: Male
  • Born To KiLL....
Re: ???????? ????????!
« Reply #14 on: April 28, 2011, 05:50:22 PM »
~Giriraj Banskota

तिमिलाई अङ्गालोमा कसाउनुमै मज्जा हुन्छ
ओठमाथि ओठलाई टसाउनुमै मज्जा हुन्छ

आखिर मन मिलाउनु छ मिले पछि जेजे हुन्छ
उन्मादका जोशहरु खसाउनुमै मज्जा हुन्छ

हेर्नेहरु फरक देख्छन,बुझ्ने एउटै बुझ्छन्
रहरलाई रहरमा गसाउनुमै मज्जा हुन्छ

भावमा बग्दै जादा सामीप्य गहिराइमा
जोश भित्र होसहरु पसाउनुमै मज्जा हुन्छ

गहिराई खोज्ने मनमा त्यस्तै मन मिलाएर
क्षणमै थकित बनाई बसाउनुमै मज्जा हुन्छ

तपाईहरु जे–जे भन्नुहोस अर्को बाक्य थप्छु म
काउकुति लागाएर हसाउनुमै मज्जा हुन्छ!


******************************
खेम जी मेरो उदेश्य केवल कसैलाई प्रोमोसन गर्नु नि होइन्ना
मात्र हजुर हरुलाई नया कविता सुनाउनु हो!  :pleasantry: :pleasantry:
The Sound Of Silence

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use