Author Topic: बेलायती चौरमा नेपाली फुटबलको धमाका  (Read 1239 times)

0 Members and 1 Guest are viewing this topic.

Offline शेर्पा

  • *
  • Posts: 14770
  • Reputation : 79
  • Gender: Male
बेलायत, ग्रीनफोर्डको ठूलो चौरमा सयौं नेपालीहरुको भीड थियो । २४ वटा टीममा नेपाली फुटबल प्रतियोगिताकालागि भिड्न तयार भएर अभ्यास गरिरहेका थिए । यति नेपालको आयोजनामा सम्पन्न भएको सो कार्यक्रमले नेपालको रंगशाला बिर्सायको थियो । विश्वमानचित्रमा विन्दु समान देखिने सानो देशका जनता युरोपको मुटु मानिने बेलायतमा भएको एउटा सामान्य कार्यक्रममा देखिएको उपस्थिति निकै उत्साहजनक थियो । खेलाडीहरु अभ्यासमा ब्यस्त थिए । दर्शकका रुपमा गएका अधिकांश पुराना तथा नयँ साथीहरुसंगको कुराकानीमा ब्यस्त थिए । चौरको एउटा कुनामा एक नेपाली रेष्टुरेण्ट ब्यवसायीले म म को ब्यवस्था गरेका थिए । आफ्नो देशको स्वाद सम्झदै म म का लागि लाइनमा लाम लाग्नेहरुले २ घण्टा सम्म पर्खेर भएपनि म म को स्वाद लिइछाडे । उता रेष्टुरेन्ट ब्यवसायी भने म म पकाउने भाडा सेट एक थान मात्रै ल्याएकोमा पछुतो मान्दै थिए । उनले भने अर्को कार्यक्रममा त ५ थान पकाउने भाडा ल्याउछु ।



कार्यक्रममा खासगरी मंगोल वर्गको उपस्थिति बाक्लो थियो । खेलाडीहरु त ९० प्रतिशत भन्दा बढी नै थिए । कतिपय महिलाहरु आफ्नै जातीय भेषमा सजिएका थिए अधिकंश युवतिहरु चाहि बेलायतकै फेशनमा ठाटिएका थिए । कतिपय कलेज, रेष्टुरेन्टहरुको तिनै युवतिहरु प्रचार गर्दै हिडेको पनि देखियो । यता आयोजकहरु पनि मख्ख थिए ।त्यति ठूलो उपस्थिति होला भन्ने आयोजकलाई लागेको रहेनछ । यति एशोशिएशनका अध्यक्ष चिरंजीवि ढकाल कर्यक्रम प्रति सन्तोष प्रकट गर्दै अध्यक्षीय तानाशाही नभएपछि सबै स्वस्फर्त रुपमा परिचालित हुन्छन् । संस्थालाई प्रजातान्त्रिकरण गरेपछि यस्तै सहज हुन्छ । यद्यपि मंचबाट चौरमा छरिएको फोहोर टिप्न बारम्बार आग्रह गर्दा कसैले वास्ता नगरेको दृश्य पनि रोचक थियो ।



चौरभरी पल्स्टिकका टुका्र, खाने चिजहरुका खोल छरपस्ट थिए । इता फोहोर फाल्ने वीन कतै पनि नदेखेपछि दर्शकहरु एकले अर्कालाई फोहोर फाल्ने ठाउ सोधिरहेका देखिन्थे ।



हे्रौ  जस्ताको तेस्तै !
- २९ तारिक आइतबार हुने खेल तयारीका लागी कृष्ण भट्ट राजेन्द्र पुडासैनी ध्रुब ढकाल रामजी बराल रबिन्द्र कंडेल नबिन गुरुङ्ग सुन्दर खतिवडाले शनिबार राती ११ वजे सम्म खेल मैदानमा गएर काम गरेका थिए ।
- बिहान सबै भन्दा पहिला ७ बजे ध्रुब ढकाल खेल मैदानमा पुगेका थिए ।
- ठीक ११ बजे खेल शुरु भएको थियो । गत बर्षो बिजेता टिम र २२ औ कार्यसमिती बिच खेल खेलेर यति कप २००७ को प्रारम्भ गरिएको थियो । यो खेल बराबरीमा टुङ्गिए पछि २२ औ कार्यसमितिका पदाधिकारीहरुले आफुले जितेको दाबी गरेका थिए ।
-यति एसोशियसनका अध्यक्ष चिरन्जीबी ढकाल दर्वईबाट सिधै फुटबल मैदानमा आएका हुदा सुत्न नपाएको भन्दै निद्रा निद्रा मा आगन्तुकहरुलाई स्वागत गरिरहेका देखिन्थे ।
- सबैका आखा नवनियुकक्त कार्यबाहक र राजदुत झबिन्द्र अर्याल माथि थियो । उनको घर गुल्मी भएको हुदा चिनजान गर्न गुल्मीबासीहरुको तछाड मछाड थियो । अर्याल पनि सबै गुल्मीबासीको पुस्तैनी लिई रहेका थिए । केही मान्छे अर्याल कुन राजनितीक पार्टि होलान् भनेर अन्दाज पनि काटी रहेका थिए । धेरैले उनलाई कांग्रेसकै विल्ला भिराएका थिए ।
-नेपाली टेलीभिजनले आयोजक समितीका संयोजक लगायतका सदस्यहरुलाई वास्तै नगरि भुतपर्व अध्यक्षहरुको अर्न्तवार्ता लिन थाले पछि स्वयमहरुले असन्तुष्टी ब्यत्त गरेका थिए । पछि नेपाली टिभीले क्रमश कार्यक्रम संयोजक लगायत अन्य यतिका पदाधीकारीहरुको अर्न्तवार्ता लिन थाले पछि सबै जना शान्त भएका थिए ।
-नेपाली टेलिभीजनका प्रतिनिधीहरु बिजय थापा मोहन गुरुङ्ग पशुपति भण्डारीले मानिसहरुलाई छानीछानी अर्न्तवार्तको लागी क्यमरा अगाडी लगेका थिए ।
-युरोपको नेपाली पत्र पत्रिकाका पुराना अंकहरु सबैलाई बाढीएको थियो तर पुराना अंक भएको भन्दै धेरैले ओछ्यार बसेको देखीयो । पछि सबैले खेल मैदानमा नै छोडेर गएकाले खेलमैदान भरि युरोपको नेपालीपत्रले भरिएको थियो । भोली पल्ट स्थानीय एक स्कुलले आयोजकहरुलाई सफाई गर्न अनुरोध गरे पछि पैसा दिएर हर्टाईएको थियो ।
-यति कपको भोली पल्ट आयोजक समितिका सबै सदस्यहरु थकित थिए भने धेरै जना बिरामी परेर सुतेका थिए ।
-खेलमैदानमा कुइन्सल्याण्ड कलेजका प्रमुख कृष्ण भटट् नबिन गुरुङ्गको योगदान पनि कम थिएन ।
- एनडीएफका अध्यक्ष आङकजङ्ग लामाले माधब कुमार नेपाल लण्डन आउने कार्यक्रम भएको हुदा उहाँको स्वागत कार्यक्रममा आउनु भन्दै निमन्त्रणा बाढदै हिडनु भएको थियो भने निमन्त्रणा पत्रमा समय दुई थरि दिईएको थियो ।
-गैरआवासीय नेपाली संघका उपाध्यक्षद्धय खगेन्द्र नेपाली चन्द्र लक्छम्वा कोषाध्यक्ष सु्र्य गुरुङ्ग लगायत गैरआवासीय नेपाली संघ बेलायतका अन्य पदाधिकारीहरुको उपस्थिती थियो ।
 - जनर्सर्म्पक समिति बेलायतका अध्यक्ष बिनोद मोक्तान लगायत धेरै जना सदस्यहरुको उपस्थिती थियो भने एक अर्कालाई भेट्दा जय नेपाल भन्दै अभिन्दन गरिरहेका थिए ।
- कार्यक्रमको अन्तमा भुतपर्व अध्यक्षहरु मध्येबाट खगेन्द्र नेपालीलाई बोल्न दिन भुलबस नाम छुटेकोमा आयोजकहरु पश्चाताप गरिरहेका थिए ।
-यतिका भुतपर्व अध्यक्षद्धय डा राघब धिताल र निमा लामा भने कार्यक्रम समापन नहुदै खेलमैदान छोडेका थिए ।
-भुतपर्व अध्यक्ष निमा लामाले यति हाउस बनाउनको लागी २२ औ कार्यसमिती सँग मिलेर जानु पर्ने र यती एसोशीएसनको लागी भनेर उठाइएको पैसा फरिज भएको आफुलाई चित्त नबुझेको बिचार ब्यक्त गर्दै यती लण्डन फाउण्डेसन प्रति असन्तुष्टी ब्यक्त गर्नु भएको थियो ।
-पुरानो कार्यसमितीका पदाधिकारीहरुले गतबर्षा भन्दा मानिसहरु कम संख्यामा आएको दावी गरिरहदा खेलमैदान भने खचाखच भरिएको थियो । बेलायतको टाढा टाढाबाट पनि मानिसहरु आएका थिए ।
-बेलायतमा रहेका प्राय सम्पर्ण् संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
- दर्शकको भिड धेरै भएको कारणले शौचालयको संख्या कम भएको सबैले महसुस गरिरहेका थिए ।
-गायक सपन र्राईले बिच बिचमा गीतका टुक्काहरु गाएर खेललाई सुनमा सुगन्ध थपेका थिए ।
-भण्डारी बर्रदशको सफलतालाई सबैले प्रसंशा गरेको सुनेर भण्डारी बर्रदशद्धय शंकर भण्डारी र कमल भण्डारी सबैलाई तपाईहरुको आशर्बादले हो भनिरहेका थिए ।
-खेल मैदानमा बुद्ध कल्बका स्वय सेबकहरु परिचालन गरिएको थियो ।
-खेल ब्यवस्थापनलाई धेरैले मनपराएका थिए ।
-खेल सफल बनाउन रामजी बराल ध्रुब ढकाल सुन्दर खतिबडा भुपेन्द्र पाठक शेर बहादुर इग्नाम सुरेन्द्र श्रेष्ठ बद्री गजुरेल बोधराज सिङ्गखडा राजु केसी कृष्ण प्रसाद खतिबडा सुनिल पुढासैनी रामेश्वर डंगोल आदीको महत्वपर्ण् भुमिका थियो ।

नेपालब्रिटेन डट् कम्

Offline haku Black

  • alchi ko pinda
  • *
  • Posts: 19535
  • Reputation : 10
  • Gender: Male
  • nepali
    • sports unlimited
football le sara nepali lai jodeko cha j hos

Offline yaLch!!

  • *
  • Posts: 7631
  • Reputation : 15
  • Gender: Male
football le belayat/ america kehi bhann daina ,, khelna paye bhayo

Offline Mohan Bikram Thapa

  • *
  • Posts: 4570
  • Reputation : 4
  • Gender: Male
  • We Love Nepal
football le sara nepali lai jodeko cha j hos

हजुर लाई पनि फूटबल मा चासो छ नि नेपालमा भए पनि ।
धन हुनेलाई मन छैन मन हुनेलाई धन
   छाडेर जानु छ भने निस्ठुरी नबन ल !
    Naya Bichar from Naya Patrika
http://www.nayapatrika.com/nayabichar/

Offline CoNfesSiOn

  • *
  • Posts: 6004
  • Reputation : 125
  • Gender: Male
  • ..was only dreaming.
    • Treasure Of Nepal
launa hau ke bhaneko Mohan daju le :mare:

Cherish Yesterday,Dream tomorrow,Live Today...


Latest celebrity Gossip    Computer n' Tech

Offline Mohan Bikram Thapa

  • *
  • Posts: 4570
  • Reputation : 4
  • Gender: Male
  • We Love Nepal
हाकु ब्लाक्क दाजु  पनि फूटबलको के के हुन्छ रे, पद भने थाहा भएन प्रकास बाबु ।
धन हुनेलाई मन छैन मन हुनेलाई धन
   छाडेर जानु छ भने निस्ठुरी नबन ल !
    Naya Bichar from Naya Patrika
http://www.nayapatrika.com/nayabichar/

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use