Author Topic: गर्मी मौसमको साथी तरबुजो  (Read 812 times)

0 Members and 1 Guest are viewing this topic.

Offline haku Black

  • alchi ko pinda
  • *
  • Posts: 19535
  • Reputation : 10
  • Gender: Male
  • nepali
    • sports unlimited
ग्रीष्म ऋतुमा यदि सबैभन्दा सस्तो र र्सवसुलभ कुनै फल छ भने त्यो हो- तरबुजो । गर्मी र बलौटे जमीनमा फर्सर्ीी जस्ता लहरामा फल्ने यो सुगन्धित र स्वादिष्ट गुलियो फल हो । यो फल फर्सर्ीीत्रै ठूलाठूला हुन्छन्, विशेष गरी यसले शितलता प्रदान गर्दछ । यसको लहरा लगभग ४० फिटसम्म लामो हुने गर्दछ । यसको बोक्रा धेरै बाक्लो कडा र ज्यादै हरियो हुन्छ । यो फल विशेष गरी दर्ुइ प्रकारको हुन्छ । एकमा कालो रङको बियाँ र दोस्रो प्रकारमा रातो रङको बियाँ हुन्छ । भित्री गुदी गुलाबी केही रातो र कुनै कुनैमा पहेँलो रङको पनि हुन्छ । तरबुजोलाई संस्कृत भाषामा 'कालिन्दा' र कालिंग', हिन्दीमा 'तरबूज', बंगलामा 'तटभूज' तथा चेलना र अङ्ग्रेजीमा 'वाटर मेलोन' भनिन्छ । तरबुजोमा चाँडै पचाउने क्षमता हुन्छ । यसमा कुल ७८ प्रतिशत गुदी -भोज्य पदार्थ) हुन्छ भने पानी ९८.५, कार्वोहाइड्रेड ३.३, प्रोटीन ०.३, चिल्लो ०.२ र खनिज लवण ०.२ प्रतिशत हुन्छ । यसको प्रति १०० ग्राममा क्यालसियम ११ मिल्रि्राम, फस्फोरस १२ मिल्रि्राम र फलाम ७.६ मिल्रि्राम हुन्छ । यसका अतिरिक्त यसमा नगण्य मात्रामा नियासिन, भिटामिन 'सी' पनि पाइन्छ । तरबुजो गर्मी भएको बेलामा खाँदा शितलता प्रदान गर्नुको सा-साथै थकाइ र आलस्यता हटाएर स्फर्ुर्ति प्रदान गर्दछ । यो फल अन्य फलभन्दा निकै सस्तो र र्सवसुलभ पनि छ ।

यसबाट हुने केही फाइदा

    * तरबुजो रक्त विकारनाशक हो र रक्तवर्द्धक पनि हो । यसैले यसको सेवनबाट पोलियो रोगमा धेरै लाभ मिल्दछ ।
    * तरबुजो खानाले पिसाब खुल्छ र साथै पिसाब पोल्नेलाई पनि निकै फाइदा दिन्छ ।
    * तरबुजो कफनाशक पनि हो, यसलाई एक तोला तरबुजोको रसमा एक तोला अदुवाको रस र केही मात्रामा सौंपको धूलो मिलाइ तताएर पिउनाले खोकी निको हुन्छ ।
    * तरबुजोको २०० ग्राम रसमा जीरा र मिश्रीको चर्ुण्ा -धूलो) मिलाएर केही दिनसम्म नियमित पिउनाले 'सुजाक' ठीक हुन्छ ।
    * तरबुजोको सेवनले उच्च रक्तचाप हुनुबाट रोक्दछ ।
    * रक्त विकार नाशक हुनाका कारण यसलाई खानाले चर्म रोग पनि निको हुन्छ ।
    * पेटभित्र गड्बडी छन् भने पनि यसको सेवनले पेटभित्रको गड्वडीलाई हटाइदिन्छ ।
    * यसको सेवनले मस्तिष्कका लागि पनि धेरै फाइदाजनक हुन्छ । यो पौष्टिक छ र आँखाको कमजोरीमा पनि धेरै फाइदा पुर्‍याउने हुन्छ ।


ध्यानदिनुपर्ने कुरा

बिहान खाली पेटमा तरबुजो खानु हानिकारक हुन्छ । किनभने यसले भोकलाई मेटाउँछ र कब्जियत गराउँछ । धेरै मात्रामा तरबुजोको सेवनले बेफाइदा गर्दछ । धेरै तरबुजो खानाले दिसा सफा हुँदैन दिसा थोरै र तरबुजोको गुदीजस्तै रातो रङको दिसा निस्कन्छ तर पिसाब भने धेरै खुल्दछ, बराबर पिसाब खुलाउँदछ । यसको ठीक मात्रामा प्रयोग गर्न सके, गर्मीमा शितलता मात्र दिने नभई स्वास्थ्यमा पनि निकै फाइदा दिने हुन्छ ।

Offline Kharane

  • *
  • Posts: 18363
  • Reputation : 19
Re: गर्मी मौसमको साथी तरबुजो
« Reply #1 on: September 01, 2007, 03:43:07 PM »
Ramro Information brooo
hajur ko post le

College padeko bela ............ Mechi ko Bagar ma Tarbuja chorna gako ra dhoti le lathi liyera khedayeko po yaaaaaaad aayo taaaaaaa :D

Offline $ooooooooN@

  • *
  • Posts: 15827
  • Reputation : 90
  • Gender: Female
  • Missin' ya!
Re: गर्मी मौसमको साथी तरबुजो
« Reply #2 on: September 13, 2007, 05:18:19 PM »
Okey Yeshbata line faidaharuko tips ko lagi Thanx,
ani befaidako tipsko lagi Aware garaunubhakoma ta Muri muri Thanx!

Offline Mohan Bikram Thapa

  • *
  • Posts: 4570
  • Reputation : 4
  • Gender: Male
  • We Love Nepal
Re: गर्मी मौसमको साथी तरबुजो
« Reply #3 on: February 01, 2010, 06:51:58 AM »
काम बाट मागेर  लिएर कती  खाइयो कती नेपालमा त देखेको पनि थिएन ।
धन हुनेलाई मन छैन मन हुनेलाई धन
   छाडेर जानु छ भने निस्ठुरी नबन ल !
    Naya Bichar from Naya Patrika
http://www.nayapatrika.com/nayabichar/

Offline NEWROAD

  • *
  • Posts: 5872
  • Reputation : 20
  • Gender: Male
  • “You are what I never knew I always wanted”
Re: गर्मी मौसमको साथी तरबुजो
« Reply #4 on: March 26, 2010, 07:20:30 PM »
MALAI PANI MAN PARCHHA RE K.THANK YOU FOR UR NICE POST :good:
When I see you smile and know that it is not for me, that is when I will miss you the most.

Offline Mohan Bikram Thapa

  • *
  • Posts: 4570
  • Reputation : 4
  • Gender: Male
  • We Love Nepal
Re: गर्मी मौसमको साथी तरबुजो
« Reply #5 on: March 26, 2010, 07:23:37 PM »
कहाँ पाएर हो ?
धन हुनेलाई मन छैन मन हुनेलाई धन
   छाडेर जानु छ भने निस्ठुरी नबन ल !
    Naya Bichar from Naya Patrika
http://www.nayapatrika.com/nayabichar/

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use