Author Topic: फोर्थ कुवेत-अफ्रिकन फूटवल टुर्नामेण्टमा ê  (Read 824 times)

0 Members and 1 Guest are viewing this topic.

Offline soiamd

  • daka
  • Project Manager
  • *
  • Posts: 7913
  • Reputation : 60
  • Gender: Male
  • man taa mero nepali nai ho
    • Rapidshare File Search
जय आले (कुवेत)

 

कुवेतको सार्क फूटवल मैदानमा ०४ डिसेम्वर २००९, शुक्रवारको दिन फोर्थ कुवेत-अफ्रिकन इन्टरनेशनल फूटवल टुर्नामेण्टको समुह A को तेस्रो खेल सम्पन्न भएको छ । जसमा नेपाललाई बेनिनले ० को बिरुद्द २ गोल गरेको छ भनें श्रीलंका र घाना बिचको खेल ०-० गोल भई बराबरिमा टुङ्गिएको छ ।

 



 

०४ डिसेम्वरको उक्त खेल नेपालको लागि डू or डाईको स्थितिमा थियो भनें हारको परिणाम नेपाललाई निकै चुनौतिपूर्ण रह्यो । किनकी यस हारले नेपाल न केबल क्वार्टर फाइनलमा प्रवेश गर्नमा असफल रह्यो ताकी टुर्नामेण्टबाटै यस वर्षको लागि बाहिरिनु पर्‍यो ।

 

कुवेत-अफ्रिकन फिलोशिपको आयोजनामा संचालित यस टुर्नामेण्टमा कुवेतस्थित १२ विदेशी राष्ट्रहरु सहभागी रहेका छन् र सहभागी राष्ट्रहरु नेपाल, इण्डिया, श्रीलंका, बङ्गलादेश, थाइल्याण्ड, इजिप्ट, येमन, घाना, बेनिन, नाइजेरिया, साइरालियोन र इथोपिया छन । १२ राष्ट्रबाट सहभागी १२ टिमलाई A- B- C गरी ३ समुहमा बिभाजन गरिएको छ ।

 



 

१५ अक्टुवर २००९ देखी संचालित यस टुर्नामेण्टको समुह A र B मध्यको खेलको नतिजा आईसकेको छ, नतिजा अनुसार समुह A बाट क्वार्टर फाइनलमा प्रवेश गर्नेमा घाना र श्रीलंका क्वालिफाईड र बेनिन थर्ड क्वालिफाईड भएका छन भनें नेपाल टुर्नामेण्ट आउट भएको छ । यसैगरी समुह B बाट नाइजेरिया र येमन क्वालिफाईड र साइरालियोन थर्ड क्वालिफाड भएका छन भनें बङ्गलादेश टुर्नामेण्ट आउट भएको छ ।

 

यस टुर्नामेण्टको समुह C को खेल आगामी ११ डिसेम्वर २००९ को दिन इथोपियाको बिरुद्द थाइल्याण्ड र इण्डियाको बिरुद्द इजिप्टले सोही सार्क फूटवल मैदानमै खेल्ने छन । जसमध्य २ टिम क्वालिफाईड र १ थर्ड क्वालिफाई हुने छन र प्रत्येक समुहका थर्ड क्वालिफाईड टिमहरुको स्कोरको आधारमा १ टिम क्वार्टर फाइनलमा प्रवेश हुनेछ ।   
 
यस वर्षको टुर्नामेण्टनै हात पार्ने संभावना रहेको नेपाली टिम क्वार्टर फाइनलमा समेत पुग्न नसक्दा खेलाडी सहित तमाम नेपाली दर्शकहरु र नेपाली टिमको प्रतिनिधित्व गर्दै आएको माउण्ट एभरेष्ट क्लव कार्यसमिति सबै निराश भएका छन । गैर-आवासिय नेपाली सँघ कुवेतका अध्यक्ष राजेन्द्र तमाङ्गको समेत उपस्थिती रहेको उक्त खेलमा उल्लेख्य रुपमा नेपाली दर्शकहरुको पनि उपस्थिती थियो ।

 

नेपाली टिमले यसरी बारम्बार अप्रत्याशित हारको सामना गर्नु पर्ने कारण के होला भन्दै टिम कोच जगत मगरलाई राखिएको जिज्ञासामा, नेपाली खेलाडिहरु धेरै राम्रो छन तर प्रयाप्त अभ्यास नहुनाले खेलाडिहरुको रनिङ्ग देखी लिएर सेटिङ्गमा पनि समस्या देखिएकोले यसरी हार्नु परेको हो भनेर वहाँले जानकारी दिनुभयो ।


Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
Haar bhayo bhanera haresh Na Khau Nepali Bhai Haru. arko patak Jitna sakihalchha ni... haina ra.

Offline Mohan Bikram Thapa

  • *
  • Posts: 4570
  • Reputation : 4
  • Gender: Male
  • We Love Nepal
नेपाली खेलाडिको  प्रगती हुँदै छ । 
धन हुनेलाई मन छैन मन हुनेलाई धन
   छाडेर जानु छ भने निस्ठुरी नबन ल !
    Naya Bichar from Naya Patrika
http://www.nayapatrika.com/nayabichar/

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use