Author Topic: किन हट्न सकेको छैन छाउपडी प्रथा ?  (Read 215 times)

0 Members and 1 Guest are viewing this topic.

Offline माया

  • Best Member
  • *
  • Posts: 4544
  • Reputation : 80
  • Gender: Female
  • the moment changed my life...
 अछामको रिडीकोट गा. वि. स. मा १६ वर्षीय शर्मिला भुल केही दिन अघि छाउपडी गोठमा मृत अवस्थामा फेला परेको खबर विभिन्न समाचार माध्यमहरुले प्रसारण गरिरहेका छन् । सकुशल अवस्थामा मंगलबार गोठमा सुत्न गएकी शर्मिला बुधबार मृत अवस्थामा फेला परेकी रहिछन् । उनको मृत्युको कारण भने खुल्न सकेको छैन । कारण जे भए पनि यस घटनाले पुनः एक पटक छाउपडी प्रथा विरुद्ध समाजलाई आवाज उठाउन बाध्य  बनाएको छ । खुलेर विरोध गर्न अभिप्रेरित गरेको छ ।
      सन् २०१० मा पनि अछामको भैरवस्थान भन्ने गाउंमा बेलु दमाई नामकी महिलाको छाउपडी गोठमा मृत्यु भएको थियो । यो घटनाको दुई हप्ता पछि अछामकै पायल गा. वि. स. की झुप्रीदेवी हुड्केको छाउपडी गोठमा मृत फेला परेकी थिइन् । ३५ वर्षीय हुड्केको आठ महिनाको छोरा भने बेहोश अवस्थामा भेटिएको थियो ।
     सन् २००४ तिर सर्वोच्च अदालतले छाउपडी प्रथालाई प्रतिबन्धित गरेको थियो । तर पनि सुदूरपश्चिमका केही भागमा यो प्रथा अंझै कायमै छ । आखिर के हो त यो छाउपडी प्रथा ? ‘छाउ’ भन्नाले रजस्वला र ‘पडी’ ले महिला बुझउंछ । रजस्वला हुंदा महिलालाई तागतिलो खाना, पारिवारिक सहयोग, हेरचाह र न्यानो भाव, र सरसफाइको अत्यन्त आवश्यकता पर्दछ । तर, यस प्रथा अनुसार रजस्वला भएपछि घरबाट कोसौं टाढा साना झुपडीमा बस्नुपर्ने हुन्छ । गाई भैंसी र अन्य परिवारका सदस्यलाई छुन हुंदैन । छोएमा गाईको गहुंत वा सुनपानी छरेर शुद्धिकरण गरिन्छ । यस्ता छाउपडी गोठमा बसेका बेला सर्पको टोकाइ, बलात्कृत हुने र जंगलीजनावरको शिकार हुने गरेका घटना पनि समय समयमा सुन्नमा आउंछन् । छाउपडी गोठमा बसेका बेला महिलामा मानसिक डर त्रास त हुन्छ नै । विभिन्न खालका बिरामीहरु जस्तो निमोनिया, पखाला लाग्ने, श्वासप्रश्वास सम्बन्धि समस्या र कुपोषण को शिकार हुनेसम्भावना पनि त्यत्तिकै रहन्छ ।
      माथि उल्लेखित शर्मिला, बेलु र झुप्रीदेवी नेपालका अति दुर्गम भेगका महिला हुन् । जहांका मानिसहरुको सूचना सन्चारमाध्यमा सहज पहुंच छैन । जनचेतनाका कार्यक्रमहरुले पनि उनीहरुलाई छुन सकेको छैन होला । तर अचम्मलाग्दो कुरा, कन्चनपुर जिल्लाको भीमदत्तनगरपालिकाबाट नजिक रहेको दैजी गा. वि. स. मा पर्ने शंकरपुर गाउंमा पनि अंझै यो प्रथा कायमै छ । सामा दैजीबाट केही मिनेटको पैदल यात्रामै पुग्न सकिन्छ यो गाउंमा । सूचना अनि सन्चारको सुविधा छ, विभिन्न संघ संस्थाहरुको जनचेतनामूलक कार्यक्रममा यहांका बासिन्दा सहभागी भएका छन् । र यस्तो छाउपडी गोठ नराख्न सल्लाह पनि दिदै आएका छन् ।        विशेषतः यो गाउंमा अछामका ल्होहार जातिमा छाउपडी प्रथा देख्न सकिन्छ । रेमा ल्होहारले जानकारी दिए अनुसार यस गाउंमा दुईवटा छाउपडी गोठहरु छन् । करीब ४ वर्ष देखि महिनावारी भएका महिलाहरु सामूहिक रुपमै गोठमा बस्ने गरेका छन् । उनले अगाडि भनिन् “करीब ७ —८ वर्ष अघि अलि परको एउटा गाउंमा यस्तै छाउपडी गोठमा बसेकी एउटी महिलाको बलात्कार भएको थियो । हामी र संस्थाका मानिसहरु गएर भत्कायौं । यहां पनि संस्थाका कर्मचारी आएर भत्काउ भन्छन् । तर पनि कसैले हटाउन सकेको छैन । ” उनको भनाइ अनुसार केही वर्ष अघि छाउपडी गोठमै सर्पले टोकेर एकजना महिलाको मृत्यु भएको थियो । घर नजिकै माटाले पोतेको झ्यालविहीन सानो झुप्रो छ । भित्र जानका लागि ढोकाको रुपमा खुला ठाउं छ तर ढोका भने छैन । झट्ट हेर्दा एकै जना पनि नअटाउने यो गोठमा ५—६ जना सुत्न सक्छन् भनी कल्पना पनि गर्न सकिदैन । उनीहरु गर्मीमा बाहिरै खटिया लगाएर सुत्ने, पानी पर्दा छाता ओढेर बस्ने गर्दा रहेछन् ।
महिनावारी भएका महिलाहरुलाई घरभित्र आउन त परै जाओस्, आंगन बेरेर राखेको बारलाई पनि छुन दिइंदैन । ‘छुयो’ हुन्छ भन्दै ती महिलाहरुले गाई भैंसी, पानीको धारा, घरको भान्सा छुन पाउंदैनन् । आफ्ना गाई भैंसीको दूध, दही, मही पनि खान दिइदैन उनीहरुलाई ।
       जताततै ‘छुयो’ भयो भने देउता रिसाउने र कुनै नराम्रो हुन्छ भन्ने सामाजिक विश्वास पाइन्छ यहांका मानिसहरुमा । मुख्यतः रिङटा लाग्ने, ज्वरो आउने, दांत दुख्ने, शरीर काम्ने हुंदा कतै छुयो भयो कि भन्ने शंका उब्जिदो रहेछ । ‘छुयो’ भयो भने कुनै अप्ठ्यारो आइपर्न सक्छ भन्ने कुरालाई प्रष्ट पार्दै एक वृद्ध महिलाले भनिन् “घर आग लाग्दो, बन बाघ लाग्दो”। जसले जे भने पनि परम्परादेखि चली आएको आफ्नो चलन, विश्वास त्याग्न नसक्ने भनाइ पाका वृद्धाहरुको छ । तर अलि तन्नेरी महिलाहरुको भनाइ भने अलि फरक छ । उनीहरुका भनाइमा पहिले पहाडमा छाउपडी गोठ निकै टाढा हुन्थ्यो । तर अहिले घर नजिकै छ । उनीहरु यो प्रथा क्रमशः एकदिन परिवर्तन हुनेछ भनी विश्वास गर्दछन् । आफू बस्ने घर निकै सानो भएकोले पूजा गर्ने, खाना पकाउने र परिवारका सदस्य सुत्ने ठाउं नजिकै छ । महिनावारी हुंदा जहांतहीं छुन नमिल्ने हुंदा अलगै यसरी गोठमा बस्नु पर्ने बाध्यता भएको उनीहरु बताउंछन् ।
       गहिरिएर उनीहरुको विचार बुझ्दा सामाजिक आर्थिक बाध्यताले चरम यातनाप्रदायक यो छाउपडी प्रथा निरन्तर चलीआएको हो भन्न सकिन्छ । समाजका सबैले महिनावारी हुंदा अलगै बस्ने, घर परिवारका अन्य सदस्यलाई नछुने गरे पछि त्यही समाजमा मिल्दो हुनका लागि पनि केहीले छाउपडी मान्ने गरेका छन् । त्यस्तै गरिबीका कारण फरासिला घर, कोठाहरुको अभावमा पनि महिनावारी हुंदा अलगै घरमा बस्ने प्रचलन चलेको हुन सक्छ । शहरका पढेलेखेका महिलाहरु पनि महिनावारी हुंदा भान्सामा नजाने, पूजा नगर्ने र प्रसाद पनि खांदैनन् । यी क्रियाकलाप पनि माथि उल्लेखित छाउपडी प्रथाकै विकसित रुप हो भन्न सकिन्छ । दुवै —छाउपडी प्रथा मान्ने महिला र नमान्ने जस्तो देखिने शहरका महिला— समूहका महिलाहरुमा रजस्वलाले महिलालाई अछूत बनाउंछ भन्ने सांस्कृतिक अन्धविश्वासले दह्रोसंग जरो गाडेको छ । सामाजिक रीतिरिवाज र भगवान्संगको डरले उनीहरु यस कूरीतिलाई त्याग्न सकिरहेका देखिदैनन् । शदियौंदेखि नेपाली समाजमा भनिदै सुनिदै आएको धार्मिक कथाहरुले महिलाहरुमा डर र अछुतको भावनालाई अझ बलियो रुपमा गाढी दिएका छन् ।
       एउटा धार्मिक लोककथा अनुसार स्वर्गका राजा इन्द्रले एक जना ब्राम्हण मारेको र त्यस पापबाट मुक्तिका लागि विभिन्न कामहरु गरेछन् । यसैक्रममा विभिन्न महिलाहरुसंग अवैध सम्बन्ध पनि राखेछन् । यसरी राजा इन्द्रसंग अवैध सम्बन्ध राखेको हुनाले पृथ्वीका सबै महिलाहरुलाई महिनावारीबाट दण्डित गरिएको भन्ने विश्वास छ । यसै विश्वासका आधारमा सबै महिलाहरु आफ्नो महिनावारी पूर्वजन्मको पापकर्मको फल भन्दै आफूलाई सदैव यस समयमा अपबित्र मान्दछन् । र चोखो मानिने स्थल जस्तो मन्दिर, पूजाकोठा, भान्साभित्र जांदैनन् । तर यस्ता धार्मिक कथाहरु पुरुषवादी सोचाइबाट प्रेरित भई गरिएका कल्पना मात्रै हुन् । यदि होइन भने, ईन्द्रसंग अवैध सम्बन्ध राखेकोमा सारा महिला जाति नै कहिल्यै मुक्ति नपाउने गरी अभिशप्त जीवन बांच्नु पर्ने भने ईन्द्र चाहिं सदैव जति कुकर्म गरे पनि पापमोचन गरी पुनः पूजनीय बन्ने कारण के त ? त्यसकारण यी कथा महिलालाई पुरुषका दांजोमा तल्लो स्थानमा राख्ने परम्पराको निरन्तरताका लागि रचना गरिएको मिथ्या कथा हुन् ।
        विज्ञानले भन्ने कुरा बेग्लै छ । हरेक महिला किशोरावस्थामा प्रवेश गरेपछि प्रत्येक महिना २८ दिनमा रजस्वला हुन्छ, जसलाई महिनावारी अथवा छाउ भन्ने गरिन्छ । डिम्बाशयबाट निस्केको डिम्ब पुरुषको शुक्रकिटसंग मिल्यो भने गर्भाधान हुन्छ । नभए, पाठेघरका भित्ताका रक्तनली फुट्छन्, कोषहरु मर्छन् र बाहिर निस्कन्छन् । त्यो नैलमहिनावारी हो । यो प्राकृतिक हुन्छ । यो कुनै पापको परिणाम होइन ।
You want but you compromise, that’s life.
You want & you wait & you don’t compromise
THAT IS LOVE

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
अहोहो अझै पनि यस्तो चलन !! Maya buini thanx for sharing.

Offline axis

  • *
  • Posts: 5408
  • Reputation : 30
oho !! yesto pani hudo rahechha hai, malai ta thaha nai thiyena, achamma laagyo............thank you Maya jee for sharing.
"DEPRESSION FIRST MAIMS THE MIND AND KILLS THE BODY. ”

Offline महाँकाल

  • *
  • Posts: 1149
  • Reputation : 23
  • Gender: Male
  • Born To KiLL....
« Last Edit: January 14, 2013, 08:09:13 AM by महाँकाल »
The Sound Of Silence

Offline khem grg

  • *
  • Posts: 2953
  • Reputation : 10
  • Gender: Male
  • तिम्रो मुस्कानले नै मेरो संसार हस्ने छ
maya nani ,, janakari ko lagi thank you hai,,, yo topic update  garnu vo,, sarai ramro kura haru sikhna payo,, mann choyo
Someday you'll cry for me,,,Like i cried for you
Someday you'll miss me,,,,,  Like i missed you
Someday you'll need me ,,,,, Like i needed you
Someday you'll love me,,, But i wont love you

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use