Bridge to Nepal & Nepali

News => News of Nepal => Topic started by: sherpa on November 02, 2010, 09:52:09 PM

Title: नाबालक छोराछोरीसहित पेम्बादोर्जे शेर्पा
Post by: sherpa on November 02, 2010, 09:52:09 PM
दोलखा, कात्तिक १६ - विश्वको सर्वोच्च शिखर सगरमाथाको छिटो आरोहण र एकै सिजनमा धेरै पटक आरोहण गरेर गिनीज बुक अफ द वर्ल्ड रेकर्डमा ३ पटक नाम लेखाउन सफल पेम्बादोर्जे शेर्पा पारिवारिक आरोहणका लागि दोलखाको वेदिङ आईपुगेका छ्न ।

नेपालमै पहिलो पटक पारिवारिक हिमाल आरोहण गर्ने उदेश्यले काठमाण्डौबाट सिंगटी हुदै पेम्बादोर्जे शेर्पा गौरीशंकर गाविसको सिमिगाउँबाट आफ्नै गाउँ वेदिङ पुगेका हुन ।

९ वर्षिय छोरा छेतेन शेर्पा, ११ वर्षिय छोरी टासीडोमा शेर्पा, १४ वर्षिय अन्तरे भाइ फुर्वाछिरि शेर्पालाई लिएर गौरीशंकर गाविसमा रहेको ५ हजार ९२५ अग्लो राम्दोङ हिमाल आरोहण गर्ने सनक बोकेका शेर्पालाई उनको ठाइँला भाइ फुर्वातेन्जी शेर्पा, दोलखा गौरीशङ्करका आरोही मिङ्मादोर्जे तामाङ र सोलुखुम्बुका आरोही दावाकिपा शेर्पाले सहयोग गर्ने भएका छन् ।

दुई साता अघि पेम्बाकै नेतृत्वमा ५ नेपाली र ५ बंगलादेशी लिएर गौरीशंकरकै ६ हजार २७५ मिटर अग्लो चेकिकको हिमालको पहिलो पटक सफल आरोहण गरेर फर्केका थिए ।

सो सफलतापछि उनले आफ्नो गाउँको अर्को हिमाल आरोहणका लागि परिवारसहित काठमाडौबाट वेदिङ आएका हुन । पारिवारिक आरोहण दलले बुधबार हिमाल आरोहण गर्ने छ । गौरीशंकर १ वेदिङमा जन्मिएका पेम्बा १० वर्षपछि आफू जन्मेको गाउँमा हिमाल आरोहणका लागि आएका हुन । १० पटक सगरमाथाको आरोहण गरेका शेर्पाले समावेशी महिलाहरुको आरोहण दलको नेतृत्व समेत गरेका थिए ।

सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेको नेपालीको रेकर्ड गत वर्ष एक अमेरिकी नागरिकले तोडि दिए पछि ११ वर्ष भन्दा कम उमेरका इच्छुक दोलखाका बालकलाई सगरमाथा आरोहण गराई विश्वकीर्तिमान कायम गराउने घोषणा गरेका आरोही पेम्बादोर्जेले अन्य समुदायबाट त्यस्तो बालक फेला नपरेपछि आफ्नै छोरा छेतेनलाई आरोहण गराउने उद्देश्यअनुरूप अहिले रामदुङ हिमाल आरोहण गराउन लागेका हुन ।

पारिवारिक आरोहणमा सो हिमालको आरोहण सफल भएमा पर्यटन वर्ष २०११ मा सगरमाथामा पारिवारिक आरोहण गरेर अर्को रेकर्ड कायम गर्ने र छोरालाई सबैभन्दा कान्छो आरोही बनाउने लक्ष्य लिएको शेर्पाले बताए ।
Title: Re: नाबालक छोराछोरीसहित पेम्बादोर्जे शेर्प
Post by: sherpa on November 02, 2010, 09:56:52 PM
I think this man is out of his mind. Some one should stop him. The child’s are unknown and neither capable to reach to the top. It has great risk.
Title: Re: नाबालक छोराछोरीसहित पेम्बादोर्जे शेर्प
Post by: काली on November 03, 2010, 03:04:17 AM
मुन्छेको कस्तो कस्तो रहर ...