Author Topic: काठमाण्डौमा फोहोरको समस्या  (Read 612 times)

0 Members and 1 Guest are viewing this topic.

Offline NoBody

  • *
  • Posts: 2439
  • Reputation : 56
  • Gender: Male
राजधानी काठमाण्डौमा विगत दुई सातादेखि थुप्रन थालेको फोहोर नउठ्दा दुर्गन्ध बढ्नुकासाथै महामारी फैलन सक्ने खतरा पनि देखिएको छ।


यसले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको छवि बिग्रनसक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

काठमाण्डौभन्दा २६ किलोमिटर टाढा नुवाकोट र धादिङको सीमानामा रहेको सिस्डोलस्थित ल्याण्डफिल साइटमा स्थानीय बासिन्दाले फोहोर फाल्न नदिएपछि राजधानीमा फोहोर थुप्रंदै गएको थियो।

सिस्डोलका बासिन्दाले सरकारले पहिले वाचा गरे अनुसारका सामुदायिक विकास कार्य अझैसम्म नभएको भन्दै विरोध जनाइरहेका छन्।

स्थानीय वासिन्दाले सरकारले त्यस क्षेत्रमा वार्षिक असी लाख बराबरको विकास कार्य संचालन गर्ने आश्वासन दिएको तर त्यस अनुसार कुनैपनि काम नभएको गुनासो गरेका छन्।

स्थानीय विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका, नेकपा माओवादीका प्रतिनिधिहरु तथा सिस्डोल क्षेत्रका स्थानीय वासिन्दाबीच मंगलवार काठमाण्डौमा भएको एउटा बैठकपछि स्थानीय जनताले हाललाई राजधानीको फोहोर सिस्डोलस्थित ल्याण्डफिल साइटमा फ्यांक्न दिन सहमति जनाएका बताइएको छ।

चेतावनी

तर विशेषज्ञहरुचाहिं दीर्घकालिन वैज्ञानिक समाधानको अभावमा फोहोरको समस्या फेरि दोहोरिन सक्ने चेतावनी दिन्छन्।

बीबीसी नेपाली सेवासंग कुरा गर्दै एकजना वातावरणविद् भूषण तुलाधरले फोहोरलाई जहिलेपनि फ्यांक्नै पर्ने वस्तुकारुपमा हेरिएकाले यस्तो समस्या देखिएको बताए।

काठमाण्डौमा दैनिक ३५० मेट्रिक टन फोहोरमैला उत्पादन हुने अनुमान गरिएको छ।

त्यसमध्ये झन्डै ७० प्रतिशत भान्साबाट निस्कने फोहोर भएको बताइन्छ।

वातावरणविद् तुलाधरका अनुसार भान्साबाट निस्कने फोहोरलाई कम्पोष्ट मल बनाइ सदुपयोग गर्न सकिन्छ र मल कारखानाबाट उत्पन्न हुने कार्बन बिक्री गरी विदेशी मुद्रासमेत कमाउन सकिन्छ।

दशवर्ष अघि बनाइएको एउटा सरकारी योजनामा फोहोरको वैकल्पिक व्यवस्थापन गर्ने चर्चा गरिएतापनि अहिलेसम्म त्यस तर्फ सिन्कोसम्म नभांचिएको जानकारहरु बताउंछन्।
I am Nobody.

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use