Author Topic: सरकार र जनजाति बीचको वार्ता अनिर्णित  (Read 766 times)

0 Members and 1 Guest are viewing this topic.

Offline NoBody

  • *
  • Posts: 2439
  • Reputation : 56
  • Gender: Male
आन्दोलनरत आदिवासी जनजाति महासंघ र सरकारका बीच सोमवार भएको वार्ता कुनै निर्णय विना टुंगिएको छ।
आत्म निर्णयको अधिकार सहित संघीय स्वयत्त प्रदेशको मागका साथ आदिवासी जनजाति महासंघले आन्दोलन गर्दै आएको छ।

त्यसै प्रकारको माग लिएर आन्दोलन गरिरहेको अर्को समूह मधेशी जनअधिकार फोरमले आइतवार सरकारसित वार्ता गर्न अस्वीकार गरेको थियो।

फोरमसित वार्ताको टुंगो अझै लागेको छैन।

तर जनजाति महासंघसंगको अर्को वार्ता चारदिन पछि शुरूहुने तय भएको छ।

गृहमन्त्रीको राजिनामालाई मुख्य पूर्वशर्तका रूपमा अगाडि सारेको मधेशी जनअधिकार फोरम वार्ताको टेवलमा नगएपनि आदिवासी जनजाति महासंघका प्रतिनिधिहरू सोमवार सरकारसित वार्तामा बसेका थिए।

फोरम र महासंघका छुट्टा छुट्टै विरोध कार्यक्रमहरू अन्तरगत देशका विभिन्न भागहरू बन्द चक्काजाम आदिबाट पिल्सिरहँदा सोमवार उक्त वार्ता भएको थियो।

तर आदिवासी जनजाति महासंघले पनि सरकारलाई समस्याको टुक्रे समाधान भन्दा सम्पूर्ण समाधान खोज्न जोडदिएको छ।

महासंघका प्रमुख वार्ताकार ओम गुरूङले आन्दोलनका बेला उठेका पृथक पृथक मुद्दाहरूलाई समेटेर समग्रमा राष्ट्रिय मुद्दाको रूपमा समाधान गरिनुपर्ने बताए।

सोमवारको वार्तामा खास प्रगति हासिल नभएपनि सरकार र महासंघका प्रतिनिधिहरूबीच अर्को वार्ता यसै महिनाको १८ गते हुने भएको छ।

वार्ताको शुरूमा सरकारले जनजाति महासंघलाई उनीहरूको आन्दोलन फिर्ता लिन गरेको अनुरोधलाई उक्त संगठनले अस्विकार गरेको थियो।

उता सरकारले पनि महासंघका मागहरू पुरागर्ने ठोस प्रतिबद्धता जनाएको छैन।

यस्तो परिस्थितिमा भएको वार्ता भंग नहुनु सन्तोषको विषय भएको छ।
I am Nobody.

Offline HaKu-The Black

  • *
  • Posts: 153
  • Reputation : 2
  • Gender: Male
ho tyhi vayera aja nepal banda cha
forum is sharing and sharing is caring

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use