Author Topic: राजदूत योञ्जनद्वारा सहयोगकोलागि अपिल  (Read 1840 times)

0 Members and 1 Guest are viewing this topic.

Offline शेर्पा

  • *
  • Posts: 14770
  • Reputation : 79
  • Gender: Male
जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङले कुवेतमा रहेकी नेपाली चेली श्रीमती डोल्मा लामाको जीवन रक्षाको लागि आर्थिक सहयोग गर्न अपिल गर्नु भएको छ ।

नेपाली दूतावास टोक्योद्वारा जारी विज्ञप्तिमा एक फिलीपिनी महिलाको हत्याको आरोपमा कुवेतमा रोजगार गरि बसेकी डोल्मालाई त्यहाँको तल्लो अदालतले मृत्युदण्ड सुनाएको उल्लेख छ ।

अपिलमा अघि भनिएको छ- कुवेतको पुनरावेदन अदालतमा कानूनी उपचार खोज्ने लगाएतका कार्यमा पहल गरि उहाँको जीवन रक्षाको लागि हामी तमाम नेपाली दिदीबहिनी, दाजु भाई एक जुट हुनु परेको छ । कमजोर आर्थिक पृष्ठभुमिकी डोल्माको कानूनी उपचार र क्षतीपुर्ती रकमको ब्यवस्था गर्न करिव ५० लाख नेपाली रुपैंया लाग्ने अनुमान भएको र करिव ४ लाख प्रदान गरिसकिएको  उल्लेख गरिएको छ ।

अघि भनिएको छ - नपुग रकम स्वेच्छाले सहयोग गर्न चाहने नेपाली दाजु भाई, दिदी बहिनी, संघ संस्था संगठन र समाज लगायत इच्छुक विदेशी मित्रलाई समेत आब्हान गर्नु पर्ने अवस्था रहेको छ । उहाँको जीवन रक्षाको लागि नेपाल सरकार प्रतिबद्ध र प्रयत्नशिल रहेको अवगत गराउदै  यस कार्यमा सहयोग पुर्‍याउन हामी सबै नेपालीले मन बचन र कर्मले ऐकेवद्धता र सहयोग गर्नु अहिलेको आवश्यकता हो ।

अपिलमा यसको लागि जापानमा रहेका नेपाली दाजु भाई, दिदी बहिनी, संघ संस्था संगठन र समाजबाट यथा सक्य आर्थिक सहयोग प्रदान गर्न अनुरोध गरिएको छ । यस कार्यमा प्राप्त रकम पारदर्शी रुपले दाताको नाम, थर, ठेगाना एवं उपलब्ध सहायता रकम समेत सार्वजनिक जानकारी गराईने र उक्त रकम नेपाल सरकारलाई हस्तान्तरण भएको सुचित गरिने जानकारी गराईने पनि राजदूतद्वारा जारी अपिलमा उल्लेख छ ।

सहयोग गर्न चाहने महानुभाव र संस्थाका प्रतिनिधिले राजदूतावासमा टेलिफोन, फ्याक्स, इमेल वा सिधै सम्पकै गरि अन्य आवश्यक सूचना प्राप्त गर्न सकिने बताईएको छ ।

नेपाली राजदुतावास, टोक्यो
ठेगाना
Nepalese Embassy
14-9,Todoroki 7-chome,
Setagaya-ku,Tokyo158-0082 , JAPAN
Tel.03-3705-5558/5559,
Fax.03-3705-8264
E-mail: embassy@nepal.co.jp
website: www.nepal-embassy.org

Source: Nepal Japan Dot Com


 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use