Author Topic: साउदीका राजकुमार नेपाल घुम्न इच्छुक  (Read 733 times)

0 Members and 1 Guest are viewing this topic.

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
होम कार्की                     
काठमाडौ, फाल्गुन २६ -

साउदी अरेबियाका राजकुमार अल्वालिद बिन तलालले नेपाल घुम्ने इच्छा राखेका छन् । नेपालका लागि साउदीका राजदूत हमिद अन्सारीले नेपाल भ्रमण गर्न दिएको निमन्त्रणा उनले स्वीकार गरेका छन् ।

रियादस्थित नेपाली दूतावासका प्रवक्ता एवं प्रथम सचिव खड्गप्रसाद दाहालका अनुसार राजकुमार अल्बालिदालाई राजदूत अन्सारीले भेट गरी निमन्त्रणा दिएका थिए । त्यतिखेर राजकुमारले नेपाल भ्रमण गर्ने समय मिलेपछि खबर गर्ने जानकारी दिएका थिए ।

राजकुमार अल्वालिदले नेपाल जाने इच्छा जनाएको समाचार मंगलबार 'अरब समाचार' ले प्राथमिकताका साथ प्रकाशित गरेको छ । 'उहाँको कार्यालयले नेपाल घुम्न गरिएको आमन्त्रण स्वीकार गरेको विज्ञप्ति जारी गरेको रहेछ,' दाहालले भने । राजकुमारले नेपाल जाने प्रक्रियाबारे राजदूत अन्सारीसँग जिज्ञासा राखेका थिए । दूतावासले उनलाई भेटेर भ्रमण तालिका मिलाउन तयारी गरेको छ ।

'अब छिट्टै भेटेर भम्रण तालिका बनाउनेछौं,' दाहालले भने । राजकुमार अल्वालिदा राजा अब्दुल्लाहाका भतिज हुन् । उनी किङडम होल्डिङ कम्पनीका अध्यक्षसमेत हुन् । विश्वका धनाढ्य व्यक्तिको सूचीमा २० नम्बरमा पर्ने उनको विशेष गरी घरजग्गा र सेयरमा लगानी रहेको फोब्स म्यागेजिनले जनाएको छ । अन्तर्राष्ट्रिय लगानीकर्ताका रूपमा चिनिएका अल्वालिदाको टेलिकम लगायतमा लगानी छ । 'उनको भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ प्रगाढ हुनेछ र दुई सरकारबीच सम्र्पक बढाउन बाटो खुल्नेछ,' दाहालले भने । साउदी र नेपाल सरकारबीच उच्च तहमा भ्रमण हुन सकेको छैन ।

राजकुमारको भ्रमणले नेपालको हाइड्रोपावर, पोलिटेक्नीकलमा लगानी गर्ने वातावरण बन्ने र  पर्यटन क्षेत्र विकासमा सहयोग पुग्ने दूतावासका अधिकारी बताउँछन् । वैदेशिक रोजगारीका लागि नेपाली कामदारको तेस्रो प्रमुख गन्तव्य रहेको साउदीमा हाल दुई लाख ७० हजारभन्दा बढी कामदार कार्यरत छन् ।

-ekantipur.com

Offline Mohan Bikram Thapa

  • *
  • Posts: 4570
  • Reputation : 4
  • Gender: Male
  • We Love Nepal
साउदी अरेबियाका राजकुमारहरुका यू .के भरी घर रै घर छन । के ठुलो कुरा भयो नेपाल घुम्न लाई   :photo
धन हुनेलाई मन छैन मन हुनेलाई धन
   छाडेर जानु छ भने निस्ठुरी नबन ल !
    Naya Bichar from Naya Patrika
http://www.nayapatrika.com/nayabichar/

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use